Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यू-१९ महिला क्रिकेट: भूटानविरुद्धको खेलमा १३.१ ओभरमै नेपालको जित

यू-१९ महिला क्रिकेट: भूटानविरुद्धको खेलमा १३.१ ओभरमै नेपालको जित


  • 3.9K
    Shares

    यू-१९ महिला क्रिकेट: भूटानविरुद्धको खेलमा १३.१ ओभरमै नेपालको जित

    मेलियासको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले १३.१ ओभरमै जित हासिल गरेको हो। भूटानले दिएको ६७ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

    नेपालका लागि सानु राजवंशीले ३०, साना प्रभीनले १२, श्रृष्टि जैसीले आठ, आस्मा पुलामी मगरले तीन, किरणकुमारी कुँवर र अलिषाकुमारी यादवले दुई-दुई रन बनाए।

    भूटानका लागि संग्या वाग्मोले तीन, अञ्जुली घले र सोनामले एक-एक विकेट लिए। यसअघि भूटानका लागि नग्वाङ छोदेन र संज्ञा वाग्मोले ११-११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    नेपालका लागि अनु कडायत, मनिषा उपाध्याय र कृतिका मरासनीले दुई-दुई तथा स्नेहा महराले एक विकेट लिएका थिए।

    प्रकाशित मिति :जेठ २३ २०७९ सोमवार - १३:५५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij