Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउदीमा कोरोना संक्रमणबाट एक नेपालीको निधन

साउदीमा कोरोना संक्रमणबाट एक नेपालीको निधन


  • 11.0K
    Shares

    साउदीमा कोरोना संक्रमणबाट एक नेपालीको निधन

    विदेशमा एकजना नेपालीको कोरोना संक्रमणबाट निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

    संघले हालसम्म विदेशका १८ देशमा दुई सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेको जनाएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा थप पाँच सय ४४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यो अवधिमा एक हजार एक सय ६३ जना नेपाली संक्रमणमुक्त भएका छन् ।

    समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार एक सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् ।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १३:४०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij