२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सिजन २०२१–२२ को युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि ‘च्याम्पियन्स लिगको राजा’ उपमा पाएको स्पेनिस क्लब रियल मड्रिडले जितेको छ ।
उपाधि भिडन्तमा इंग्लिस क्लब लिभरपुलमाथि १–० को संघर्षपूर्ण जितका साथ १४औं उपाधि चुम्न सफल भयो । रियलले निर्धारित ९० मिनेटभित्रै १ मात्रै गोलको मदतमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
नेपाली समय अनुसार आइतबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित स्टेड डे फ्रान्स रंगशालामा भएको खेलमा इंग्लिस टोली लिभरपुलले खेलभरि नै रियलमाथि एकतर्फी दबाब बनाए पनि रियल मड्रिडले ज्यादै थोरै अवसरमा गोल गर्दै नमिठो गरी लिभरपुलको सिकार गर्न सफल भयो ।
लिभरपुलले खेलभरिमा १ गोल पनि गर्न नसक्दा उसको उपाधि सपना खरानी भयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij