Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

कोरोना खोप लगाएका स्वास्थ्यकर्मीको मृत्यु

कोरोना खोप लगाएका स्वास्थ्यकर्मीको मृत्यु


  • 8.9K
    Shares

    कोरोना खोप लगाएका स्वास्थ्यकर्मीको मृत्यु
    images

    भारतको कोरोना खोप लगाएका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।  इन्डियन एक्सप्रेसमा प्रकाशित खबर अनुसार कर्नाटक राज्यको बालारी जिल्लामा  रहेको एक सरकारी अस्पतालमा काम गर्ने ४३ वर्षीय स्वास्थ्यकर्मीको मृत्यु भएको हो । 

    नागराज नामका ती व्यक्ति सोमबार बिहान अस्पतालमा ड्यूटी गर्दै थिए । उनले ड्यूटीकै समयमा बिहान ९ः३० बजेतिर मुटु दुखेको बताएका थिए । त्यसपछि बिरामी पर्दै गएका उनलाई तत्काल अस्पतालमा उपचार थालिएको थियो । 

    थप उपचारका लागि जिन्दाल संजीवनी अस्पताल पठाइएको थियो । सोमबार बिहान ११ः३० बजेतिर जिन्दाल संजीवनी अस्पताल भर्ना भएको ती स्वास्थ्यकर्मीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।  

    इन्डियन एक्सप्रेसको खबर अनुसार उनले नजवरी १६ मा दिउँसो १ बजेतिर कोरोनाको खोप लगाएका थिए । त्यसको २४ घण्टासम्म उनलाई कुनै समस्या देखिएको थिएन । उनको मृत्यु ह्दयघातबाट भएको चिकित्सकहरुले बताएका छन् । 

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - ११:३८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij