Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

काठमाडौं-पोखरा रात्रिकालीन पर्यटक बस सेवा शुरु

काठमाडौं-पोखरा रात्रिकालीन पर्यटक बस सेवा शुरु


  • 10.2K
    Shares

    काठमाडौं-पोखरा रात्रिकालीन पर्यटक बस सेवा शुरु
    images

    काठमाडौं । काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बस सेवा शुरुआत भएको छ ।

    देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रर्वधन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो । कोभिड–१९ को सङ्क्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि देशदर्शनले सोमबार रातिदेखि काठमाडौँ–पोखरा रात्रिकालीन बस सेवा शुरु गरेको हो ।

    काठमाडौंको बौद्धबाट साँझ ६:३० बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने ७:३० बजेमात्र काठमाडौंको लागि छुट्नेछ । देशदर्शन बससेवाका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।

    मुख्य–मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गरेको उहाँको भनाइ छ ।देशदर्शन बससेवाले यसअघि नै काठमाडौं–जनकपुर,काठमाडौं–सुनौली र काठमाडौं–लुम्बिनी रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन गरिसकेको छ ।

    आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको देशदर्शन बससेवाका बजार व्यवस्थापक प्रल्हाद लोहनीले बताउनुभयो ।

    रात्रिकालीन बसको टिकट देशदर्शन बससेवा देशदर्शन बससेवाको वेवसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र इसेवामार्फत प्राप्त गर्न सकिने उहाँको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगन गरिएको थियो ।

    अहिले काठमाडौंबाट मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले दिवा तथा रात्रिकालीन बससेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १०:२४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij