Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नवौं राष्ट्रिय खेलकुद सर्ने

नवौं राष्ट्रिय खेलकुद सर्ने


  • 5.2K
    Shares

    नवौं राष्ट्रिय खेलकुद सर्ने

    काठमाडौं । यसै महिनाको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ ।

    कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलुकद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा हुने तय भइसकेको थियो ।

    तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको स्रोतले बतायो ।

    प्रतियोगिता सर्ने भएसँगै दशैं अगाडि सक्ने गरी नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्ने तयारी भइरहेको छ ।

    नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा मात्र सार्वजनिक भएको छ । यस्तै ३८ खेलमा प्रतिस्पर्धा गराउनेसमेत तय गरिसकेको थियो ।

     

    प्रकाशित मिति :जेठ ३ २०७९ मंगलवार - १२:०२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij