Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई प्रदेश एकले दियो १०३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई प्रदेश एकले दियो १०३ रनको लक्ष्य


  • 7.7K
    Shares

    प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई प्रदेश एकले दियो १०३ रनको लक्ष्य

    काठमाडौँ । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ ।

    मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०२ रन मात्र बनायो ।

    प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४, मिनास थापाले २२, शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ तथा दिपेश कँडेलले १० रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवाश भण्डारी र विशाल पौडेलले चाररचार तथा विपीन खत्रीले दुई विकेट लिए ।

    यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा अहिले समूह ‘बी’अन्तर्गत वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ ।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १२:५४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij