Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल र जिम्बावे 'ए' बीच आज पहिलो टी ट्वेन्टी खेल हुँदै

नेपाल र जिम्बावे 'ए' बीच आज पहिलो टी ट्वेन्टी खेल हुँदै


  • 3.5K
    Shares

    नेपाल र जिम्बावे 'ए' बीच आज पहिलो टी ट्वेन्टी खेल हुँदै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बावे 'ए' बीच आज पहिलो टी ट्वेन्टी खेल हुँदैछ। तीन खेलको टी ट्वेन्टी श्रृङ्खलाअन्तर्गत आज हुने पहिलो खेल दिउँसो १ बजेबाट त्रिवि क्रिकेट मैदानमा हुनेछ।

    यसअघि पहिला एकदिवसीय खेलहरू हुने भनिए पनि वर्षा र मौसम प्रतिकूलताका कारण क्यानले खेल तालिका परिवर्तन गरेको हो।

    अब पहिला आज, भोलि र ४ मेमा टी ट्वेन्टी खेलहरू हुनेछन् भने ६, ७ र ९ मेमा एकदिवसीय खेलहरू हुनेछन्।

    नेपालले आईसीसी विश्वकप लिग–२ को तयारीस्वरूप जिम्बावे 'ए' सँग प्रतियोगिता खेल्न लागेको हो। यो श्रृङ्खलालाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन।

    टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेको टोलीलाई हराउन नेपाललाई कठिन नै हुनेछ। तर पछिल्लो केही वर्षयता जिम्बावेको प्रदर्शन खस्केको छ। नेपालविरुद्ध खेल्न लागेको टोलीमा पनि सिनियर राष्ट्रिय टीमबाट खेलिसकेका आठ खेलाडी छन्।

    त्यसैले आजको खेल रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

    प्रकाशित मिति :बैशाख १८ २०७९ आइतवार - १०:४७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij