२०८२ भाद्र १ गते आइतवार
काठमाण्डौ । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका र विदेशमा नै अन्त्येष्टि गरिएका मृतकका परिवारलाई सान्त्वना राहतका लागि निवेदन दिन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ ।
विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले शव नेपाल ल्याउन समस्या हुँदा विदेशमा नै अन्त्येष्टि गर्न सहमति दिएका मृतकका आफन्तलाई बोर्डले प्रदान गर्ने सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ रकम बुझ्न आउन बोर्डले अनुरोध गरेको हो ।
श्रम स्वीकृती लिएर रोजारीमा गएका तर विदेशमा नै मृत्यु भएका श्रमिकहरुको शव कोरोना महामारीका कारण सम्बन्धित परिवारको हकवालाको सहमतिमा सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएको थियो । यसरी अप्ठेरो समयमा गन्तव्य देशमै अन्त्येष्टिका लागि सहमति दिने मृतकका हकवालालाई सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ प्रदान गर्ने बोर्डले निर्णय गरेको थियो ।
त्यही निर्णय अनुसार बोर्डले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई राहत लिन आउन भनेको हो । बोर्डमार्फत प्रदान हुने सान्त्वना राहतका लागि मृतकका हकवालाले सम्बन्धित देशमा रहेको नेपाली दूतावासले जारी गरेको मृतक श्रमिकको विवरण, अन्त्येष्टिका लागि परिवारबाट दिइएइको सहमति पत्र, विदेशमा अन्त्येष्टि गरिएको कागजात र हकवालाको नाममा कुनै पनि क बर्गको बैंक खाताको प्रमाणित निस्सा लगायत तोकिए अनुसारको कागजात संलग्न गरेर बोर्डमा इमेलमार्फत निवेदन दिन सकिन्छ ।
निवेदन ष्लाय२ाभउद।नयख।लउ मा दिन सकिने बोर्डले जनाएको छ । यसबारेमा थप जानकारीको लागि श्रम मन्त्रालयको कल सेन्टर ११४१ वा बोर्ड सचिवालयको फोन नम्बर ०१४२२०३११, ०१४२२०५६७ मा कार्यालय समयमा सम्पर्क गर्न सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij