Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

‘कौन बनेगा करोडपति’ बाट बाहिरिए अमिताभ बच्चन

‘कौन बनेगा करोडपति’ बाट बाहिरिए अमिताभ बच्चन


  • 12.0K
    Shares

    ‘कौन बनेगा करोडपति’ बाट बाहिरिए अमिताभ बच्चन
    images

    काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चनको चर्चित टेलिभिजन शो "कौन बनेगा करोडपति" बाट बिदा भएका छन् ।

    अमिताभ बच्चनले शो को अन्तिम भाग शुटिंग सकेपछि जानकारी दिदै आफु अब थाकी सकेको बताएका छन् । अमिताभले अब आफु रिटायर्ड भएको जानकारी दिदै कौन बनेगा करोडपतिको आखिरी शुटिंगको दिन निकै लामो भएको बताएका छन् ।

    अमिताभले शो को आखिरी दिनमा निकै माया पाएको बताउदै आफ्नो इच्छा यो शो नरोकियोस भन्ने रहेको बताएका छन् । ७८ बर्षिय अमिताभ यस उमेरमा पनि फिल्म र टेलिभिजनमा निकै व्यस्त रहेका छन् ।

    अहिले अमिताभका चेहेरे, ब्रम्हास्त्र, बटरफ्लाई, झुण्ड र मेडे जस्ता फिल्महरु आउनेक्रममा रहेका छन् ।  

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - १४:०४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij