Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कोरोनाको कारण मलेसियामा संकटकाल घोषणा

कोरोनाको कारण मलेसियामा संकटकाल घोषणा


  • 7.4K
    Shares

    कोरोनाको कारण मलेसियामा संकटकाल घोषणा
    images

    काठमाडौं । मलेसियाका सम्राट (राजा) अल सुल्तान अब्दुल्लाले देशमा संकटकाल घोषणा गरेर संसद् निलम्बनसमेत गरेका छन् ।

    अलजजिराका अनुसार कोरोना भाइरसको महामारी रोक्न भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले संकटकालको घोषणा गरेका हुन् ।

    अहिले ६ महिनाका लागि संकटकाल लगाइएको भए पनि कोरोनाको महामारीकोअवस्था हेरेर त्यसभन्दा अगाडि नै संकटकाल हट्न सक्ने समाचारमा उल्लेख छ ।

    मलेसियाको कानुनअनुसार संकटकाल घोषणा भएपछि त्यहाँको संसद् स्वतः निलम्बन हुन्छ । प्रधानमन्त्रीको सिफारिसमा मलेसियाका राजाले संकटकाल घोषणा गरेपछि सरकार सञ्‍चालनको सबै अधिकार प्रधानमन्त्रीमा गएको छ । 

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - १३:४४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij