Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, विश्वभर एकैदिन १६ हजार बढीको मृत्यु

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, विश्वभर एकैदिन १६ हजार बढीको मृत्यु


  • 6.6K
    Shares

    कोरोनाको मृत्युमा नयाँ रेकर्ड, विश्वभर एकैदिन १६ हजार बढीको मृत्यु
    images

    काठमाडौँ । विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ८५ हजार ३९२ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड २७ लाख ४६ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    सक्रिय संक्रमित २ करोड ४४ लाख ८४ हजार ६०७ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ६२ लाख ७६ हजार २३९ जनाले कोरोनालाई जितेका छन् ।

    सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ९१५ पुगेको छ ।

    त्यहाँ एकैदिन २ लाख ३४ हजार ७९६ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ३६ लाख १४ हजार ६७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९२ लाख ४५ हजार ८३३ छ । २९ हजार २३८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

    दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ५ लाख नाघेको भने अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाको मृत्यु भएको छ ।

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - ११:०८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij