Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एकदिवसीय र टी–ट्‍वान्‍टी सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (नामावलीसहित)

एकदिवसीय र टी–ट्‍वान्‍टी सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (नामावलीसहित)


  • 4.3K
    Shares

    एकदिवसीय र टी–ट्‍वान्‍टी सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (नामावलीसहित)

    काठमाडौँमा हुने एकदिवसिय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले १५ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो ।

    नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी सन्दीप लामिछानेको कप्तानीमा क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको हो ।

    घरेलु मैदानमा हुने एकदिवसिय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी अटाएका छैनन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २५ देखि अप्रिल चार सम्म नेपालले एकदिवसीय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ ।

    नेपालले मार्च २५ र २६ मा पपुआ न्यू गिनी (पीएनजी) सँग दुई एकदिवसिय सिरिज खेल्नेछ भने मार्च २८ देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दै छ ।

     

    एकदिवसिय टिम
    सन्दीप लामिछाने(कप्तान)
    आरिफ शेख
    कुशल भुर्तेल
    सोमपाल कामी
    दिपेन्द्र सिंह ऐरी
    सागर ढकाल
    कमल सिंह ऐरी
    अनिल साह
    विक्रम सोब
    सुशान भारी
    रोहित पौडेल
    पवन सर्राफ
    देव खनाल
    गुलसन झा
    भिम सार्की

    त्रिकोणात्मक टी–ट्वान्टी सिरिज टिम
    सन्दीप लामिछाने(कप्तान)
    आरिफ शेख
    कुशल भुर्तेल
    सोमपाल कामी
    दिपेन्द्र सिंह ऐरी
    सागर ढकाल
    कमल सिंह ऐरी
    आशिफ शेख
    करण केसी
    अविनाश बोहरा
    विवेक यादव
    दिलिप नाथ
    लोकेश बम
    कुशल मल्ल
    आदिल अन्सारी

    प्रकाशित मिति :चैत्र ९ २०७८ बुधवार - ११:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij