Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

नेपाली कामदारलाई कोरिया छिटो लैजान श्रममन्त्रीको आग्रह, मार्च १६ मा १७० जाने

नेपाली कामदारलाई कोरिया छिटो लैजान श्रममन्त्रीको आग्रह, मार्च १६ मा १७० जाने


  • 4.4K
    Shares

    नेपाली कामदारलाई कोरिया छिटो लैजान श्रममन्त्रीको आग्रह, मार्च १६ मा १७० जाने
    images

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो लैजाने वातावरण बनाउन कोरियाली पक्षसँग आग्रह गरेका छन् ।

    मन्त्री श्रेष्ठले मन्त्रालयमा सोमबार कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी  रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो संख्यामा नेपाली युवाहरु रहेकोले छिटो लैजाने वातावरण बनाउन आग्रह गरेका हुन् ।

    मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रवन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरेका छन् । अहिले महंगोमा चार्टर उडानमार्फत नेपाली कोरिया गइरहेका छन् । व्यावसायिक उडान खुला भएपछि कम शुल्कमा जान पाउनेछन् । 

    एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको बताउँदै त्यसले समस्या भएको भनाइ राखेको बताइएको छ । व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी दिँदै छिटो संचालन हुने बताइएको छ । 

    यसअघि कोरोना संक्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि ९ सय ८४ जना गइसकेका छन् ।

    यसपछि मार्च १६ गते १ सय ७० जना जानेछन् । नेपालीहरु मेहनती र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको बताइएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १०:४३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij