Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

भिजिट भिसामा थप कडाइ, यस्ता छन् खाडी मुलुक जादाँ देखाउनुपर्ने कागजातहरु!

भिजिट भिसामा थप कडाइ, यस्ता छन् खाडी मुलुक जादाँ देखाउनुपर्ने कागजातहरु!


  • 4.1K
    Shares

    भिजिट भिसामा थप कडाइ, यस्ता छन् खाडी मुलुक जादाँ देखाउनुपर्ने कागजातहरु!
    images

    काठमाडौँ । भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान बैंक खातामा ५ लाख नगद चाहिने भएको छ । यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ । भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्‍याएका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कडाइ गर्न लागेको हो ।

    भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न सरकारले गत माघ ११ गते कार्यदल बनाएको थियो । उक्त कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । 

    भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान अध्यागमन विभागबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधानसमेत राखिएको छ । वैदेशिक रोजगारमा श्रम स्वीकृति लिने प्रक्रिया झन्झटिलो भएकाले सेटिङमा भिजिटमा पठाएर गन्तव्य मुलुकमा श्रममा लगाउने गरिएको थियो ।  

    वैदेशिक रोजगार व्यवसायीले भिजिट एवं कुनै तरिकाबाट पठाएको पाइएमा उनीहरूको इजाजत खोसिने भएको छ । अनुमति नलिई भिजिट भिसामा वा अन्य तरिकाले विदेश पठाएको पाइएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कारबाही गर्न कार्यदलले सुझाएको छ । 

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - १३:३२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij