Logo

२०७९ आषाढ १३ गते सोमवार

images

ट्राभल्स एण्ड टुर्स व्यवसायीको मर्का र NATTA लाई प्रभावकारी बनाउनुपर्ने  सवाल

ट्राभल्स एण्ड टुर्स व्यवसायीको मर्का र NATTA लाई प्रभावकारी बनाउनुपर्ने  सवाल

खबर सेन्टर

१६ फाल्गुण २०७८
  • 3.9K
    SHARES
  • images
    ट्राभल्स एण्ड टुर्स व्यवसायीको मर्का र NATTA लाई प्रभावकारी बनाउनुपर्ने  सवाल
    images

     दुई ठूला र प्रभाशाली देशको विचमा रहेको राष्ट्र हुनुको नाताले मात्र होइन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकोले पर्यटकीय गन्तव्यको हिसावले निकैनै उर्वर मानिएको हाम्रो देश नेपाल  Air connectivity को दृष्टिले पनि भरपुर सम्भावना भएको देश हो ।

     यी यावत् सम्भावना र उर्वरता भएको हिसावले आजका दिनसम्म पर्यटनको माध्यमबाट देश समृद्ध र सुखी भईसक्नुपर्ने हो तर ‘भिजनरी नेतृत्व’को आभाव र ईच्छाशक्तिको खडेरीले गर्दा देश आर्थिक दृष्टिले कत्तिपनि तङ्ग्रिन सकेको  छैन, उल्टो यतिधेरै सम्भावना भएको पर्यटन क्षेत्र लंगडो बन्ने मार्गतर्फ धकेलिएको छ ।

     कुनैपनि चिजको महत्वलाई सही ढंगले चिनेर उपयोग गर्न नसक्नुलाई नेपाली उखानमा ‘गुहू र गोबर चिन्न नसकेको’ भन्ने गरिन्छ । हो, नेपाली पर्यटन क्षेत्रले पनि आज त्यही अवस्था भोग्न बाध्य भएको छ । त्यसो हुँदैनथियो र सरकारी तवरबाट पर्यटन क्षेत्रलाई विशेष महत्वका साथ अगाडि बढाईएको भए अहिले जे जति पर्यटकको आगमन भएको छ, त्यसको १० गुणा बढी सम्भावना हुने थियो । 

     आज देशमा जेजति पर्यटकहरु भित्रिएका छन्, त्यो सरकारी तवरको प्रयास र अग्रसरता भन्दापनि निजी क्षेत्रको पहल र पसिना बगाईले भएको छ । सरकार त यस सवालमा मुकदर्शक र व्यवसायीहरुको गुनासालाई ओठे जवाफ फर्काउनमामात्र सीमित छ । केवल शब्द र भाषणको कर्मकाण्डले नेपालको पर्यटन क्षेत्र उँभो लाग्न सक्दैन भन्ने कुरामा पर्यटन क्षेत्रसँग सम्वद्ध सरकारी नीतिनिर्माता र नेता÷मन्त्रीहरू स्पष्ट हुनु जरुरी छ ।  

    जब हामी पर्यटनको कुरा गर्दछौं, पर्यटन/पर्यटन मात्रै भनेर पुग्दैन । यसका विविध क्षेत्र र आयामतर्फ पनि हामीले ध्यान पु¥याउनु पर्दछ । जब पर्यटनको सवाल उठ्छ, त्यहाँ धार्मिक पर्यटन, पर्यावरणीय पर्यटन, साँस्कृतिक पर्यटन जस्ता सवालहरु उठ्दछन् । यस्ता सबैखाले पर्यटनको एक अभिन्न अंग हो– ‘ट्राभल एण्ड ट्रेकिङ्ग ।’ 

    पर्यटनभित्रको माथि उल्लेखित क्षेत्र सवल र सक्षम बन्न सकेन भने पर्यटन व्यवसाय पनि सफल र सवल हुन सक्दैन । तर यस्तो महत्वपूर्ण कुरामा सरकार र त्यसका नितीनिर्माताहरुको ध्यान पुग्न सकेको छैन । नेपालमा हालसम्म टिकेटिङ्ग व्यवसाय गर्दै आएका साना र ठूला गरी करिब २००० को हाराहारीमा छन् । जसले प्रति महिना करिब १ अरव ५० करोडको कारोवार गर्दै आएका छन् । यति भनिसकेपछि यो कुरा पनि सँगै जोडिएर आउँछ कि यस व्यवसायबाट सरकारले मनग्गे कर संकलन गर्ने गर्दछ । 

     नेपालमा ट्राभल ट्रेकिङ्ग व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुले जीवन र  जवानी यसैमा पुरापुर खर्चेका छन् । काम गर्ने दैरानमा घामपानी र थाकान भनेका छैनन् । खाउँखाउँ र लाउँलाउँको उमेरलाई पार गर्दै वृद्धवयसम्म यसै क्षेत्रमा खटेर सरकार लाई कर बुझाउने मात्र होइन, देशको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नको निम्ति उच्च योगदान दिनेहरुलाई सरकारी तवरबाट न्याय हुन सकेको छैन । 

     आफूसँग भएको जायजेथा बैंकमा राखेर ऋण लिने र त्यसैमार्फत यो व्यवसाय संचालन गर्ने पर्यटन व्यवसायीहरुको संख्या ठूलो छ । आफ्नो कमाईले नपुगेर घरघडेरी बैंकमा राखेर भएपनि व्यवसाय धान्दै आएको अवस्था भएपनि राज्यको न्यायपूर्ण व्यवहारको अभावमा ट्राभल व्यवसाय धरासायी भइरहेको छ । के सरकार यसमा जवाफदेही हुनु पर्दैन ? 

     आज व्यवसायीहरूले ऋण गरेर हवाई टिकट स्टकमा राख्नुपर्ने बाध्यता छ । यसरी स्टक राखेको टिकट उनीहरुले भने उधारोमा बेच्न बाध्य छन् । ऋणधन गरेर किनेको टिकट उधारोमा बेच्नुपर्दाको पीडा कति होला ? सम्वन्धि पक्षले यस विषयमा कहिल्यै सोचेको छ ? जवाफदेही बन्नुपर्छ भन्ने मनन् गरेको छ ? अहँ छैन । त्यसैले त यस क्षेत्र धराशयी बन्दै गइरहेको छ फलस्वरुप नेपालको पर्यटन व्यवसाय पनि खस्कँदो छ ।

     व्यवसायीले अनेक उपाय गरेर खरीद गरेको टिकट १/२ प्रतिशत नाफा राखेर अन्य एजेन्ट र म्यान पावर कम्पनीलाई बिक्री गर्नुपर्दा उनीहरुको करोडौं रकमको उधारोको चक्रब्यूहमा फस्न पग्दछन् तर कतैबाट असुल उपर गर्न सक्दैनन् । जवाफदेही सरकार नभएको यो देशमा यो पीडा बुझिदिने÷सुनिदिने कसले ?  अझ डरलाग्दो त के छ भने एउटा म्यानपावर वा एजेन्टले एक ट्राभलसँग कम्तिमा १०/१५ लाखको उधारो टिकट लिन्छ र विभिन्न वहाना बनाइ सोही एजेन्टले अर्को एजेन्सीलाई पनि यसैगरी फसाईरहेको वास्तविकता हाम्रो अगाडि छ जसले गर्दा व्यवसायीहरु घर न घाटका भएका  छन्/ हुने अवस्थामा छन् । 

     आज नेपालमा टिकेटिङ्ग व्यवसाय गर्ने मानिसलाई आफुसँग भएको ट्राभल एजेन्सी घाँटीमा अड्किएको छ । बैंक लिएको ऋण आज १५ प्रतिशतको हाराहारीमा पुगेको छ । हवाई टिकट प्रदान कम्पनीले ट्राभल एजेन्सीलाई दिने दरभन्दा अनलाइनमा धेरै सस्तो मूल्य राखिदिएको छ । उता कार्डबाट पैसा तिर्छु भन्दा बैंकले ३% भन्दा बढी चार्ज लगाउँछ । अव २ प्रतिशत नाफामा किनेको टिकटमा बैंकलाई  ३% बैंक चार्ज तिर्नुपरेपछि के हुन्छ ? व्यवसायीको यस्तो पीडा र मर्काको बारेमा सरकार बेखबर हुन सुहाउँछ ?

     कुरा यतिमा मात्रमा टुंगिदैन । बैंक Guarante नविकरणको नाममा बैंकले व्यवसायीहरुलाई त्यतिकै मर्कामा पारेको छ । कुनै इजाजत पत्र नविकरण गर्न गयो सरकारी गिद्दे नजर त्यस्तै लाग्छ । यी यावत् समस्या र गुनासो सुनिदिने निकाय कुन हो ? आवश्यक पर्दा सहयोग गरिदिने निकाय वा संघ संस्था कुन हो ? यस्ता थुप्रै प्रश्नहरु आज उब्जिएका छन् । यस्तै यस्तै सम्पूर्ण समस्याको उजागर गर्ने र समाधानको लागि सहज वातावरण बनाइदिने, सरकार र व्यवसायीको विचमा सहजकर्ता वा पुलको भूमिका निर्वाह गर्ने संस्था NATTA हुनुपर्छ । त्यसैले NATTA लाई चुस्त र दुरुस्त बनाउनु आवश्यक छ । जसले गर्दा सम्पूर्ण ट्रालभ एजेन्सीलाई निर्धक्क व्यवसाय गर्ने वातावरण बनाउन महत्वपूर्ण भूमिका NATTA ले खेल्न सकोस् ।

     IATA वा BSP को नाममा नेपालबाट धेरै रकम वाहिरिने गरेको छ । IATA को सदस्य भएपछि पाउने सेवा सुविधा एजेन्सीले पाएका छैनन् । यसमा IATA ले पनि पक्षपातपूर्ण व्यवहार गर्ने गरेको छ । छिमेकी राष्ट्र इण्डिया र नेपाललाई गर्ने उसको व्यवहारमा आकाशको पाताल फरक छ । कुनै ट्राभल एजेन्सी IATA/BSP को सदस्य छ भने र उसले Bank Guarantee दिएको छ भने IATA/BSP मा आवद्ध भएको र नेपालमा व्यवसाय गर्ने सम्पूर्ण Airlines को Stock Agency को Guarantee  बमोजिम दिनुपर्ने हो तर यहाँ त जसले पहुँच पुर्याउन सक्छ, वा जसले चाकडी गर्न सक्छ उसले मात्र सुविधा पाएको देखिन्छ । यो चरम विकृति र अन्याय हो त्यसैले आगामी दिनमा IATA को नियम कानुन पुनर्विचार गरी IATA Nepal मा भएका Airlines, Company, Travel Agency, Nepal government को विचमा छलफल गरी सबैको हितमा हुने गरी नितीहरु निर्माण गरी कार्यान्वयन गरिनु पर्दछ । यसको लाथि सम्वन्धित सबैको सार्थक कदम आवश्यक छ । 

    images
    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - १९:०२:५३ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार