२०८२ माघ ८ गते बिहिवार
नेकपाको सचिवालय बैठक तोकिएकै समय र स्थानमा बसेर सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा डेढ घण्टा छलफल भएको थियो। सचिवालयको अर्को बैठक १० दिनपछि बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको ‘काउन्टर’ मा प्रस्ताव ल्याउने भएका छन् ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने तय भएको जानकारी दिए । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ ।
साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । यसअघि स्थायी कमिटीले १५ कात्तिकमा तोकेको केन्द्रीय कमिटी बैठक एक महिनालाई सारिएको थियो । अब थप दिन पर धकेलिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij