२०८२ फाल्गुण २१ गते बिहिवार
भारत महाराष्ट्रको भण्डारा जिल्लाको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ। \
अस्पतालको स्पेशल न्युबर्न केयर युनिटमा आगलागी हुँदा ती शिशुको मृत्यु भएको हो। मृत्यु हुनेमा एक महिनादेखि तीन महिनासम्मका शिशु थिए । अस्पतालमा गएराति साढे १ बजे आगो लागेको हो।
उक्त युनिटमा १७ शिशु राखिएको थियो। तीमध्ये ७ जनालाई बचाउन सफल भएको अस्पतालका अधिकारीहरुले जनाएका छन् । एक नर्सले उक्त युनिटमा धुवाँ देखेपछि आगो लागेको थाहा भएको थियो।
उक्त वार्डमा अक्सिजन लगाइरहेका बच्चा पनि थिए। धुवाँ धेरै भरिएपछि आगो निभाउन समय लागेको बताइएको छ। आगो विद्युत सर्ट भएका कारण लागेको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij