Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

घरमा आफैँले कोरोना परीक्षण गर्न सकिने

घरमा आफैँले कोरोना परीक्षण गर्न सकिने


  • 8.5K
    Shares

    घरमा आफैँले कोरोना परीक्षण गर्न सकिने
    images

    घरमै बसेर कोभिड–१९ परीक्षण गर्न सकिने किटले मान्यता पाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिस्ट्रेसन (यूएसएफडीए)ले यस खालको कोभिड परीक्षण किटलाई मान्यता दिएको छ । 

    यस किटले घरमै रहेर आफैँले कोभिड परीक्षण गर्न सकिने र आधा घण्टामा नतिजा आउने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । लुसिसा हेल्थले निर्माण गरेको यस किटलाई  यूएसएफडीएले मंगलबार मान्यता दिएको खबरमा भनिएको  छ । 

    आफैंले आफ्नो नाकबाट स्वाब निकाली किटमा राखेर परीक्षण गर्न सकिन्छ । यूएसएफडीएका अनुसार यसलाई १४ वर्षभन्दा माथिका व्यक्तिले प्रयोग गर्नसक्छन् ।

    यो  तत्काल परीक्षण गर्नु परेका बेला उपयोगी हुने र अस्पतालमा पनि यसको प्रयोग गर्न मिल्ने यूएसएफडीएले जनाएको छ ।  घरमै व्यक्ति आफैँले कोभिड परीक्षण गर्न मिल्ने यो पहिलो प्रविधि हो ।

    अहिले विश्वभर आरटी पिसिआर विधिबाट कोभिडको परीक्षण भइरहेको छ । यसबाहेक आरडिटी र एन्टिजेन विधिबाट पनि कोभिड परीक्षण भइरहेको छ ।  एजेन्सी

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १४:१५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij