२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । बुधबार अमेरिकी क्यापिटलमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको आक्रमणमा परी घाइते एक प्रहरीको मृत्यु भएको समाचार संस्था एपी र एएफपीले जनाएका छन् ।
योसँगै अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थकको हिंसात्मक प्रदर्शनमा मर्नेको संख्या पाँच पुगेको छ। हिजो चार जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।
त्यस समय अमेरिकाको नव निर्वाचित राष्ट्रपति जो बाइडेन को जित प्रमाणित गर्ने प्रकिया चलिरहेको थियो र सदनमा काँग्रेसको बैठक जारी थियो ।
ट्रम्प समर्थकहरुले आक्रमण गरेपछि सांसदहरुलाई त्यहाँ लुकेर बस्नु परेको थियो । उक्त घटनामा घाइते भएका ब्रायन डी स्टिकनिकको विहिबार मृत्यु भएको हो ।
युएससीपी को बयान अनुसार, "स्टिकनिक बुधवार मतलब छ जनवरीको दङ्गाको सामना गर्ने क्रममा, आक्रमणकारीसंगको लडाईमा उनी घाइते भएका थिए र उनी आफ्नो डिभिजन कार्यालय फर्किने क्रममा बेहोस भएका थिए । उनलाई तुरुन्त अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युको कारणको बारेमा मेट्रोपोलिटन प्रहरी विभागले जाँच गरिरहेको छ ।"
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij