Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यसरी सुधार्नुहोस् आफ्नो बिग्रेको यौन स्वास्थ्य

यसरी सुधार्नुहोस् आफ्नो बिग्रेको यौन स्वास्थ्य


  • 10.4K
    Shares

    यसरी सुधार्नुहोस् आफ्नो बिग्रेको यौन स्वास्थ्य
    images

    यौन मानिसको आवश्यकता भित्रको एक हो । तसर्थ हरेक वयस्क मानिसमा यौनका बारेमा चासो हुनु र यसबारे चाहना रहनु स्वभाविक हो ।

    त्यसैले पनि हरेक मानिसले आफ्नो उमेरसंगै यौन जीवनलाई सुन्दर बनाउन प्रयाश गर्नुपर्छ । अन्यथा यौन जिवनमा समस्या भोग्नुको अलावा अर्को कुनै विकल्प हुदैन । सुन्दर यौन जीवनका लागि के कुरामा ध्यान दिने त ?


    १) तनाव मुक्त हुने

    तनावले हृदयको गति बढाउँछ, जसका कारण रक्तचाप बढ्ने गर्दछ । यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ । तसर्थ यौन जीवन सुन्दर बनाउन तनावबाट बच्नु र पार्टनरसँग खुलेर मनको बोझ बाड्ने गर्नु पर्दछ ।

    २) पर्याप्त निन्द्रा

    यौन जीवनलाई असर पार्ने अर्को ध्यान दिनु पर्ने कुरा भनेको पर्याप्त निदाउनु हो । पर्याप्त अर्थात आठ घण्टा निदाउनेहरुमा यौन इच्छा जाग्ने र लामो समयसम्म यौन क्षमता बढाउन मद्दत गर्दछ ।

    ३) नयाँ आसन

    अधिकाशं जोडि यौन कार्यका लागी प्रायः एकै किसिमको आसन अपनाउने गर्दछन् । तर लामो समय एकै किसिमको आसनमा यौनकार्य गर्नु बोरिङ र नीरस हुन्छ । त्यसैले यौनलाई उत्साहित बनाउनका केहि नयाँ आसन अपनाउनु उत्तम हुन्छ ।

    ४) अश्लील चलचित्र कम हेर्नु

    आजकल प्रायजसो मानिमा अश्लल भिडियो वा तस्वीर हेर्ने बानी हुन्छ । तर अश्लील भिडियो हेर्नु यौन जीवनका लागी घातक साबित हुन्छ । यस्तो लत लागेमा अवास्तविक आकांक्षाले यौनतर्फ कामोत्तेजना घट्दै जान्छ ।

    ५) कुलतको परित्याग

    धूम्रपान र मद्यपानले मानिसको स्वास्थ्यमा निकै असर पार्दछ । तर यो कुराको जानकार भएर पनि कतिपय मानिस यसको कुलत त्याग्न सकिरहेका हुदैनन् । तर यौन जीवनमा कुलतले नकारात्मक प्रभाव पार्दछ ।

    धूम्रपानले यौन जीवनमा असर पुर्‍याउँनुका साथै रक्तसञ्चारमा कमी ल्याई उत्तेजना घटाउँछ । साथै मद्यपानले यौन क्षमता कम गर्दछ ।

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १३:४०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij