Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

वैदेशिक रोजगारीमा जानेहरुलाई म्यानपावरको आधिकारिक बैंक खातामा मात्रै पैसा जम्मा गर्न विभागको आग्रह

वैदेशिक रोजगारीमा जानेहरुलाई म्यानपावरको आधिकारिक बैंक खातामा मात्रै पैसा जम्मा गर्न विभागको आग्रह


  • 7.6K
    Shares

    वैदेशिक रोजगारीमा जानेहरुलाई म्यानपावरको आधिकारिक बैंक खातामा मात्रै पैसा जम्मा गर्न विभागको आग्रह
    images

    काठमाण्डौ । वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम म्यानपावर कम्पनीको आधिकारिक बैंक खातामा मात्रै जम्मा गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । 

    पछि आवश्क पर्दा आफूले कति रकम बुझाएँ भन्ने प्रमाण नहुँदा श्रमिक स्वंलाई समस्या हुने गरेको भन्दै आधिरकारिक खातामा मात्र पैसा जम्मा गर्न र पैसा बुझाएको भौचर वा रसिद आफैसँग राख्न विभागले आग्रह गरेको हो ।

    यस्तै विभागले वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई अन्तर्वार्ता छनौट भएपछि मात्र म्यानपावर कम्पनीलाई आफ्नो सक्कली राहदानी बुझाउन पनि आग्रह गरेको छ ।

    अन्तर्वार्तामा छनोट नभइ आफ्नो सक्कली राहदानी लगायत कागजात नबुझाउन र चाहिएकै खण्डमा प्रतिलिपी बुझाउन विभागले आग्रह गरेको हो ।

    इजाजतप्राप्त म्यानपावर कम्पनीलाई पनि श्रमिकहरुबाट लिने रकम संस्थाको बैंक खातामार्फत गराउन निर्देशन दिएको छ । यस्तै छनौट भएका श्रमिकबाहेक अरुको सक्कल राहदानी तथा कागजातको सक्कल प्रतिलिपि राख्ने काम नगर्न विभागलाई सूचीत गरेको छ ।

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - ११:३९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij