२०८२ भाद्र १९ गते बिहिवार
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन छनौटमा परेका ११ सय ७५ नेपाली सहायक कामदार (caregiver ) हरु मध्ये आज १४३ जनाको भिसा लागेको जानकारी वैदेशिक रोजगार विभागले दिएको छ ।
भिसा प्राप्त भएका १२५ जनालाई यहि जनवरी १९ सम्म पठाई सक्ने जानकारी विभागले दिएको छ ।
यसको लागि भिसा प्राप्त भएका सबैलाई तुरुन्तै विभागमा सम्पर्क गरेर थप प्रक्रियाको लागि तयार रहन साथै हवाईजहाजको टिकटको पैसा पनि जम्मा गर्न र मंगलबार दिउँसो ३ बजेभित्रमा हवाई टिकट खरिद गरिसक्न विभागले भनेको छ।
वैदेशिक रोजगार विभागले बुझाएको सूचीबाट ८२१ जना महिला र ३५४ जना पुरुष गरी ११ सय ७५ नेपाली इजरायल जान पाउने भएका हुन्।
विभागले छनौटमा परेका सबै जना क्रमश इजरायल जान पाउने जनाएको छ।
भिसाप्राप्त गरेका १४३ को पूर्ण विवरण
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij