Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सम्भोगका सीमा र सर्तहरु

सम्भोगका सीमा र सर्तहरु


  • 8.9K
    Shares

    सम्भोगका सीमा र सर्तहरु
    images

    यौन सम्पर्क जिन्दगीको एउटा महत्वपूर्ण रमाइलो क्षण हो । यसलाई लिएर सबैको मनमा कैयौं किसिमका जिज्ञासाहरू समेत व्यक्त गर्ने गर्छन् । यससँग जोडिएका कैयौं जटिल विषयहरु हुन्छन् जसको बारेमा आजसम्म जवाफ पाउन मुस्किल छ । यो सवालको जवाफ खोज्नको लागि ती मान्छेहरु किताब या इन्टरनेटको सहारा लिने गर्छन् । तर कैयौं किताब र लेख पढ्दा पनि सन्तुष्ट हुने उपाय भेट्न सकिँदैन । त्यसैले यौन सम्पर्क कहिले र कतिपटक गर्ने रु भन्ने विषयमा केही विवरण उल्लेख गरिँदैछ ।

    विवाहको कति समय पछि गर्ने सम्भोग ?

    विवाहलगत्तै मान्छेले सम्भोग गर्नेगर्छन् । तर एकअर्कालाई भावनात्मक रुपमा राम्रोसँग नचिनेसम्म यौन सम्पर्कले मात्रै सम्बन्ध सुमधुर बन्दैन । त्यसैले विशेषगरी मागी विवाहको लगत्तै सुहागरात वा सम्भोग गर्दा यसले विभिन्न नकारात्मक असर देखिन सक्छ ।

    त्यसैले हिन्दू शास्त्रले पनि विभिन्न प्रक्रिया पूरा गरेर विवाहको केही दिनपछि मात्रै सम्भोग गर्न सुझाव दिन्छन् । कतिपय विवाहिता जोडीलाई समेत विवाहको केही समयमा नै सम्बन्धमा मनमुटाव सुरु हुने गर्छ । त्यसैले यौन सम्पर्क भावनात्मक रुपमा मन जोडिएपछि मात्रै गर्नु उपयुक्त हुने गर्छ ।

    विवाहपछि पतिपत्नीबीच एक अर्काले खुलेर व्यवहार गर्न केही समयलाग्छ । त्यतिबेलासम्म यौन सम्पर्क गर्दा यसले लामो समय सम्बन्धलाई अघि बढाउन नसक्ने जानकारहरु बताउँछन् ।

    सम्भोगको समय स् बिहान कि राति ?

    यौन सम्पर्क गर्ने सही समय कुन होला ? कोही रातिको समयलाई उपयुक्त मान्छन् भने कसैले बिहानको समय यौन सम्पर्कको लागि उपयुक्त मान्छन् । तर मान्छेको उमेर अनुसार मान्छेको मनभित्र कामभावना फरक हुने गर्छ । मान्छेको उमेर अनुसार उसको शरीरमा बदलाव आउँछ र त्यसले मान्छेको कार्यक्षमतामा पनि असर गर्ने गर्छ । उमेर अनुसार सम्भोगको समय यस्तो हुन्छ ।

    २० वर्षको उमेरमा : विशेषज्ञहरु यस उमेरका धेरै मान्छेमा मध्य दिउँसो धेरै कामभावना विकास हुने र दिउँसो ३ बजेतिर यो भावना चरम रुपमा पुग्ने बताइन्छ । यसका अलावा यस उमेरका मान्छे दिनमा कहिलै पनि यौन सम्पर्क राख्न सक्छ ।

    ३० वर्षको उमेरमा स् यो उमेको मान्छेको व्यवहार बदलिइसकेको हुन्छ । यो उमेरको मान्छेलाई बिहानको समयमा यौन सम्पर्कको लागि तीब्र इच्छा हुन्छ । यो उमेरको मान्छेको लागि बिहान साढे आठ बजेतिरको समय सम्भोगको लागि उपयुक्त मानिन्छ । सूर्य उदाएसँगै यो उमेरका केटाकेटी दुवैमा टेस्टोस्टेरोनको स्तर बढ्न जान्छ ।

    ४० वर्षको उमेरमा स् यो उमेरको मान्छेको लागि रातिको समय यौन सम्पर्कको लागि उपयुक्त हुने गर्छ । विशेषज्ञहरूका अनुसार राति साढे १० बजेको समयमा यौन सम्पर्क राख्नु यो उमेरका मान्छेको लागि उपयुक्त हुन्छ । यसबाहेक ५०, ६० र ७० वर्ष उमेर समूहका मान्छेको लागि राति १० बजेको समय सम्भोगको लागि उपयुक्त हुने गर्छ ।

    कुन समयमा सम्भोग गर्दा कस्तो फाइदा ?

    उमेर समूह अनुसार त एउटा सम्भोगको समय तय भयो । त्यसबाहेक उमेर समूह अनुसारको समय नमानेर अरु समयमा सम्भोग गर्दा पनि निम्न फाइदा हुन सक्छ ।

    बिहानको समयमा सम्भोग गर्दा

    बिहानको समय यौन सम्पर्कको लागि शरीरमा टेस्टोस्टेरोन र ऊर्जाको स्तर बढी हुने गर्छ । यसका साथसाथै अक्सिटोसिनको स्तरमा बढोत्तरी हुँदा दिनभरि नै हामीले दम्पतीबीच सौहार्दपूर्ण वातावरण बनाउन सकिन्छ । यसका अलावा एन्ड्रोफिन हर्मोनले हाम्रो मुडलाई ठीक गर्ने काम गर्छ ।

    बदलिँदो मौसममा यौन गर्नु

    मौसम चिसो भयो या कुनै मौसमको बदलीको समयमा बढी जसो यौन उत्तेजना आउने गर्छ । अध्ययनबाट यो कुरा पत्ता लागेको छ कि यस समयमा यौन सम्पर्क राख्नुले तपाईंको रोग प्रतिरोध क्षमतामा बढोत्तरी हुने गर्छ । यसको मतलब जुनसुकै बेलामा पनि बिरामी भएपछि यौन सम्पर्क राख्नु उचित हुन्छ भन्ने कुरा भने होइन । यौन सम्पर्कले मौसम परिवर्तनका कारण हुने सम्भावित समस्यालाई समाधान गर्न मद्धत गर्छ ।

    मासिक धर्मको १४ औं दिनमा यौन सम्पर्क

    विभिन्न अध्ययनले महिलाको मासिक धर्मको दुई सातापछि यौन सम्पर्क राख्नु उपयुक्त हुन्छ । यो समयमा महिलाको योनीको माथिल्लो भाग करिब २० प्रतिशत बढेको हुन्छ । ओबुलेसनको समयमा यौन इच्छा समेत अधिक हुने गर्छ ।

    व्यायामपछिको सम्भोग

    बिहान गरिने व्यायामपछि पनि यौन सम्पर्क गर्न सकिन्छ । व्यायाम गर्ने समयमा महिलाहरूको जनेन्द्रियमा रक्तप्रवाह १६९ प्रतिशतले बढ्ने गर्छ । अभ्यासको समयमा यस्तो यौन सम्बन्धी हर्मानहरु सक्रिय हुन्छन् । जसले गर्दा महिलाहरूमा यौनको मोह बढ्छ ।

    कामको तनावपछि यौन सम्पर्क गर्नु

    अफिसको तनावपूर्ण कामपछिको थकानलाई कम गर्नको लागि मदिरा पिउनुको साँटो यौन सम्पर्क गर्नु उपयोगी हुन्छ । तनाव र निराशा तपाईंको यौनको दौरान अधिक भावुक र उत्साही बनाउँछ ।

    डर लाग्यो भने सम्भोग

    रमाइलोमा मात्रै होइन । यदि कुनै डरलाग्दो काम गरिरहेको समय भयो भने पनि सो समयमा समेत हामीले यौन सम्पर्क गर्न सकिन्छ । उत्तेजनाको समयमा डर तुलनात्मक रुपमा कम हुने भएकोले सो समय समेत सम्भोगको लागि उपयुक्त हुने विशेषज्ञहरू बताउँछन् ।

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १३:३८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij