Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

किन श्रीमती सधैं श्रीमानको बाँया तिर मात्र सुत्छिन् ?

किन श्रीमती सधैं श्रीमानको बाँया तिर मात्र सुत्छिन् ?


  • 9.0K
    Shares

    किन श्रीमती सधैं श्रीमानको बाँया तिर मात्र सुत्छिन् ?
    images

    सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने कारण यहि नै हो ।

    आपसमा अशिष्ट भाषाको प्रयोग गर्नाले अन्जानमा एकअर्कालाई अपमानित गरिरहेका हुन्छन् । यस्तोमा केहि कुराको ख्याल राख्नुपर्छ । जसले सम्बन्ध बलियो मात्र हुँदैन् । एकअर्काबीच सम्मान र प्रेम पनि बढ्छ ।

    –एकअर्काको कुरामा ध्यान नदिने र नसुने जस्तो गर्नु नराम्रो बानी हो । एकअर्काको कुरा ध्यान नदिनु भनेको वास्ता नहुनु हो । यसबाट बच्नुहोस् ।

    –हरेक कुराको टिकाटिप्पणी गर्नाले पनि बिस्तारै सम्बन्धमा तनाव उत्पन्न गर्न सक्छ । कुनै कुरा प्रति असहमति भए पनि मायाले पनि भन्न सकिन्छ ।

    –एकअर्काबीच कुरा हुँदा राम्रो शब्दको चयन गर्न जरुरी हुन्छ ।

    –सरी, थ्याङ्क्यु, प्लिज जस्ता ‘म्याजिक वर्ड’ प्रयोग गर्नाले गुड म्यानर भएको हो भन्ने मात्र दर्शाउँदैन् सम्बन्ध बलियो पनि बन्छ ।

    –घरमा कोहि पाहुना वा आफन्त भए उनीहरुको अगाडि आपसी व्यवहारमा सहजता र प्रेम झल्कनु जरुरी हुन्छ ।

    –चिड्याउने नगर्नुहोस् । कहिलेकाहि ठट्टा गर्नु अलग कुरा हो ।

    –एकअर्काको परिवारको बारेमा केहि गलत कुरा नगर्ने । उनीहरुको सम्मान गर्न सिकौं । तब मात्र श्रीमान श्रीमतीबीचको सम्बन्धमा पनि सम्मान हुन्छ ।

    –रिसाएको बेला केहि बोल्नुबाट बच्नुहोस् । यस्तो बेला जे पनि बोल्न सकिन्छ । त्यसैले शान्त भएपछि मात्र कुरा गर्नुस ।

    –जति सक्नुहुन्छ बहस गर्नुबाट बच्नुहोस् । बहस धेरै हुँदा अशिष्ट र असभ्य भाषा बोलिन्छ । रिसको झोँकमा बोलेको अपशब्दले भावी जीवनमा पर्न जान्छ ।

    –बदलाको भाव मनमा नराख्नुहोस् । पुरानो कुरा, भइसकेको कुरालाई लिएर बदलाको भावना नराख्नुहोस् । जुन सम्बन्धमा प्रेम, बिश्वास र सम्मान हुन्छ त्यहाँ बदलाको भाव हुनुहुँदैन् ।

    –खानेबेलामा गफ नगर्नुहोस् । विस्तारै खाना चपाउँदै खानुहोस् । राम्रो मुड बनाएर खानुहोस् । खानेबेलामा गम्भिर र विवादास्पद मुद्दामा बहस नगर्नुहोस् ।

    –मोबाइल म्यानरको पनि ख्याल राख्नुहोस् । विनाकारण एकअर्काको मेल वा म्यासेज चेक नगर्नुहोस् । फोन गर्दा ठूलोठूलो आवाजमा कुरा नगर्नुहोस् ।

    –एकअर्काको अनुमती विना व्यक्तिगत सामान नचलाइदिनुहोस् ।

    –समयको महत्व पनि बुझ्नुपर्छ । एकअर्कालाई धेरै कुराउनु पनि राम्रो होइन् ।

    –आपसमा सेयरिङ र केयरिङको भावना हुनु जरुरी हुन्छ । एकअर्कालाई सपोर्ट गर्नुहोस् । इष्र्याको भावना नराख्नुहोस् । एकको सफलता दुबैको सफलता हो । त्यसैले बधाई दिने र सेलिब्रेट गर्ने गर्नुपर्छ ।

    –एकअर्काको तारिफ गर्नुहोस् । कहिलेकाही सरप्राइज पनि दिनुहोस् ।

     

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - ११:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij