Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यौन उत्तेजना बढाउन साँढेलाई उत्तेजित पार्ने औषधी खाएपछि...

यौन उत्तेजना बढाउन साँढेलाई उत्तेजित पार्ने औषधी खाएपछि...


  • 15.4K
    Shares

    यौन उत्तेजना बढाउन साँढेलाई उत्तेजित पार्ने औषधी खाएपछि...
    images

    काठमाडौं। शारीरिक सम्बन्ध रोमाञ्चक बनाउने नाममा मानिसहरु अनेक उपाय अपनाउँछन् । कहिलेकाहीँ भने यस्ता उपाय प्रा’णघातक पनि बन्न सक्छन् ।

    यस्तै एउटा घटना मेक्सिकोको रिनोसा शहरमा भएको छ । यहाँ एक व्यक्तिले शारीरिक सम्बनधअघि उत्तेजना बढाउन भन्दै साँढेलाई उत्तेजित पार्ने औषधी खाएपछि उनलाई तीन दिनसम्म अस्पतालमा भर्ना गर्नु परेको मेक्सिकोको मिडिया लारिपब्लिकालाई उद्धृत गर्दै बेलायती मिडिया द सनले लेखेको छ ।

    ती व्यक्तिको हालत यतिसम्म बिग्रिएको थियो कि डाक्टरहरुले उनको गुप्तांगको सर्जरी नै गर्नुपर्यो । यी व्यक्तिले ३० वर्षकी उक महिलासँग शारीरिक सम्बन्धअघि मेक्सिकोमा साँढेलाई उत्तेजित बनाउन प्रयोग गरिने औषधी खाएका थिए ।

    त्यपछि उनको स्थिति यतिसम्म खराब भयो कि उनलाई उत्तेजित अवस्थामै अस्पताल भर्ना गर्नु पर्यो । यी व्यक्ति तीन दिनसम्म उत्तेजित अवस्थामै रहे । तीन दिनसम्म पनि स्थिति नसुध्रिएपछि डाक्टरले उनको गुप्तांगको सर्जरी गरे त्यसपछि मात्र स्थिति सुध्रियो ।

    यी व्यक्तिलाई रिनोसा शहरको स्पेशलाइज्ड अस्पताल नम्बर २७० मा भर्ना गरिएको थियो । उनले जुन औषधी खाए त्यो औषधी उनले भेराक्रुज नामको ठाउँबाट लिएर आएका थिए । यो औषधीलाई मेक्सिकोमा किसानहरु साँढेलाई गाईसँग प्रजनन क्रिडा गराउनुअघि खुवाउने गर्छन् । यो औषधीको प्रयोगपछि एउटा साँढेले कैयौं गाईहरुलाई गर्भधारण गराउन सक्छ ।

    रिनोसा शहर मेक्सिको र अमेरिकाको सीमानजिकै छ । यो मेक्सिकोको तमाउलीपास प्रान्तमा पर्छ । अस्पतालका डाक्टरले अपरेशनपछि ती व्यक्तिलाई डिस्चार्ज गरियो वा उनी अस्पतालमै छन् भन्ने जानकारी दिएका छैनन् । मेक्सिकोको भेराक्रुज क्षेत्र यौ’न शक्तिवर्धक औषधीको तस्करीको लागि कुख्यात छ । यो क्षेत्र हतियारको तस्करी, देह व्यापार र ड्रग्स बेच्ने गिरोहको ग्याङफाइटका लागि पनि कुख्यात छ ।

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १५:४३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij