Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कसरी हुन्छ हृदयघात ? यी हुन् जोगिने उपाय

कसरी हुन्छ हृदयघात ? यी हुन् जोगिने उपाय


  • 9.0K
    Shares

    कसरी हुन्छ हृदयघात ? यी हुन् जोगिने उपाय
    images

    काठमाडौं । मुटु त्यस्तो अंग हो, जुन अंग मान्छे जन्मे देखि नमरे सम्म अनवरत क्रियाशील रहन्छ । मुटुले फोक्सोमा शुद्ध भई तथा अक्सिजन ग्रहण गरि आएको रगतलाई पम्प गरेर रक्तवाहिनी नली– नशाहरुका मार्फत् शरीरभरि नै पु¥याउने काम गर्छ ।

    वास्तवमा, मुटुमा दुईवटा पम्प हुन्छन् । ती मध्ये एउटा पम्पले अक्सिजन ग्रहण गर्नका लागि फोक्सोमा रगत पठाउने काम गर्छ भने अर्को पम्मले चाहिँ सारा शरीरभरि नै शुद्ध रगत पठाउने काम गर्छ । एउटा वयस्क मान्छेको शरीरमा ५–६ लिटर रगत हुन्छ त्यो रगत दिनभरिमा मुटुबाट हाम्रो शरीमा करिब दुई हजार पटक परिभ्रमन गर्छ ।

    के हो हृदयघात 

    हृदयघात मुटुमा हुने रक्तप्रवाहलाई सञ्चालन गर्ने धमनी शतप्रतिशत बन्द भएपछि हुन्छ । यो धमनी बन्द हुने क्रम ९ब्लकेज० सानै उमेरदेखि पनि शुरू हुन सक्छ। र, विस्तारै त्यो ‘ब्लकेज’ बढ्दै जान्छ । मुटुरोग विशेषज्ञहरूका अनुसार ७० प्रतिशतसम्म ‘ब्लकेज’ भएको व्यक्तिलाई त्यसको खासै केही अनुभव हुँदैन ।

    जब ब्लकेज बढ्दै जान्छ, त्यसमाथि धमनीभित्र रहेको ‘इन्टीमा’ भनिने तह फुट्न सक्छ। जब इन्टीमा फुट्छ, एकछिन अघिसम्म राम्रै रहेको व्यक्ति पनि हृदयघातको शिकार हुन्छ। मुटुरोग विशेषज्ञ डा। प्रेमराज वैद्य भन्छन्, “इन्टीमा क्लियर हुनेबित्तिकै प्लेटिलेट्स जम्मा भएपछि त्यो शतप्रतिशत ब्लक हुन्छ। हृदयघात भएको व्यक्तिलाई एक घण्टाभित्र उपचार गराउन सकियो भने मात्र बचाउन सकिन्छ।” डा। वैद्यका अनुसार त्यो ब्लकेजको मुख्य कारण कोलेष्ट्रोल जम्मा हुँदै गएर जम्नु हो।

    कसरी थाहा पाउने ?

    चिकित्सकहरूका अनुसार सामान्यतया हृदयघात थाहा नहुन सक्छ। छाती दुख्नेदेखि अस्वभाविकरूपमा पसिना आउनु पनि हृदयघातको पहिलो लक्षण हुन सक्छ। “ब्लकेज छरछैन भनेर थाहा पाउनको लागि हरेक वर्ष मुटुको जाँच गराउनैपर्छ”, डा। वैद्य भन्छन्, “ईसीजी गर्दा ९९ प्रतिशत हृदयघात भइसकेपछि मात्र थाहा हुन्छ, टीएमटी ९ट्रेड मिल्ल टेष्ट० गर्दा ५० प्रतिशत थाहा हुन सक्छ, तर एन्जीओग्राफी गरेपछि भने शतप्रतिशत ब्लकेज छ वा छैन भन्ने थाहा हुन्छ।”

    टीएमटीमा अलिकति पनि शंका लाग्यो वा मुटुमा रगत कम पुगेजस्तो लाग्यो भने ब्लकेज भएरनभएको थाहा पाउन एन्जियोग्राफी गर्नुपर्ने उनको सल्लाह छ।

    यी हुन् बच्ने उपाय

    मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यका अनुसार हृदयघातको जोखिम घटाउने धेरै कुरा हामी आफैंमा निर्भर हुन्छन्। यसबाट जोगिने सबभन्दा उपयुक्त उपाय भनेको व्यवस्थित जीवनशैली नै हो। त्यसका लागि डा। वैद्यका सुझाव छन्ः
    १) खानपानमा चिल्लो कम खाने, मासु कम खाने। खानपानमा विशेष ख्याल गर्ने।
    २) नियमितरूपमा व्यायाम गर्ने, दैनिक कम्तीमा आधा घण्टा नियमित हिँड्ने। नियमितरूपमा व्यायाम गर्ने व्यक्तिमा ब्लकेज भएको अवस्थामा पनि हृदयघातको जोखिम कम कम हुन्छ।
    ३) वर्षमा एकपटक रगत परीक्षण गर्ने र कोलेष्ट्रोल जाँच गर्ने। खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ।
    ४) अहिले ३० वर्ष आसपासका व्यक्तिलाई पनि हृदयघात हुन थालेकाले ३० वर्ष पुगेपछि वर्षमा कम्तीमा एकपटक मुटु जाँच गर्ने। मुटु जाँच गर्दा यसका केही संकेत थाहा पाउन र त्यहीअनुसार सजगता अपनाउन सकिन्छ।

    तर, हृदयघातको जोखिम वंशाणुगत कारणले पनि हुन्छ। ३० वर्षभन्दा कम उमेरका व्यक्तिमा देखिएको हृदयघातको मुख्य कारण वंशाणुगत नै हो। जस्तो कि, कसैको हजुरबुबालाई हृदयघात भएको रहेछ भने नाति ३० वर्षभन्दा कम उमेरकै भए पनि हार्ट–अट्याकको खतरा बढी हुन्छ । वंशाणुगत कारणको उपचार छैन, तर जीवनशैली व्यवस्थित गरेर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ।

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - १२:५६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij