२०८२ कार्तिक १३ गते बिहिवार
मध्य र दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज (बुधबार) नेपाल भ्रमणमा आउँदै छन्। उनी माल्दिभ्सबाट नेपाल आउन लागेका हुन्।
कोभिड १९ संक्रमणले विश्लाई आक्रान्त पारेपछि को पछिल्लो दुई वर्षको अवधिमा अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो। दक्षिण एशिया भ्रमणमा रहेका लू माल्दिभ्सको भ्रमण सकाएर आज नेपाल आउन लागेका हुन्।
३० भदौमा उक्त पदमा अमेरिकी राष्टपति जो बाइडेनले नियुक्त गरेपछि आफूमातहत क्षेत्रका देशसँग सम्बन्ध विस्तारका लागि सहायक विदेशमन्त्री लू नेपाललगायत देशको भ्रमणमा छन्।
भ्रमणको क्रममा सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपालका अन्य विरिष्ठ व्यक्तिलाई भेट्ने कार्यक्रम छ। उनको भ्रमणको क्रममा नेपालको संसदले अनुमोदन गर्न बाँकी रहेको एमसीसी परियोजनाका विषयमा छलफल हुनेछ।
यस्तै अमेरिकी राष्टपति बाइडेनले अर्को महीना आयोजना गर्ने ‘डेमोक्रेसी समिट’ मा सहभागी हुन पनि सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री देउवालाई निमन्त्रणा गर्न सक्ने बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij