Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आँखामा हेरेर पत्ता लगाउनुहोस् मानिसको स्वभाव ?

आँखामा हेरेर पत्ता लगाउनुहोस् मानिसको स्वभाव ?


  • 9.5K
    Shares

    आँखामा हेरेर पत्ता लगाउनुहोस् मानिसको स्वभाव ?
    images

    आँखालाई व्यक्तित्वको ऐना भनिन्छ । समुद्र शास्त्रमा पनि आँखाबारे उल्लेख गरिएको छ । यसमा पहिलो पटकको भेटमै आँखाको माध्यमबाट तपाई उसको पूरै स्वभाव जान्न सक्नुहुन्छ । 
    समुद्र शास्त्रअनुसार आँखामा हेरेर को इमान्दार र को धोकेबाज हो भन्ने पत्ता लगाउन सकिन्छ । 

    नीलो आँखा 

    समुद्र शास्त्रमा नीला आँखा भएका मानिस निकै चलाख हुने बताइएको छ । यस्ता व्यक्तिप्रति धेरै विश्वास गर्न हुँदैन । किनकी यस्ता मानिसहरु कुनै पनि बेला आफ्नो स्वार्थ सिद्ध गर्न उद्दत् रहन्छन् । 

    आँखा टिकाइराख्नु

    कुरा गर्ने समयमा यदि कुनै व्यक्ति तपाईको अनुहारमै आफ्नो आँखा टिकाइराख्छ भने सम्झिनुहोस् त्यो व्यक्ति निकै अहङ्कारी छ ।

    यस्ता मानिसहरुमा निकै आत्मविश्वास हुन्छ र आफ्नो अगाडि भएको व्यक्तिमाथि नजरका माध्यमबाट नियन्त्रण गर्न कोशिस गर्दछन् । 

    खैरो आँखा 

    खैरो आँखा भएका मानिसलाई स्वार्थी मानिन्छ । जसको आँखा खैरो हुन्छ त्यस्ता व्यक्ति सँधै आफ्नो स्वार्थ सिद्धमै लिप्त हुन्छन् । 

    डुबेका आँखा 

    केही भित्रतिर डुबेका आँखा भएका मानिस गहिरो सोच राख्ने हुन्छन् । यिनको रुचि रहस्यमय जानकारी खोज्नमै हुन्छ । यिनको दिलमा निकै रहस्य लुकेको हुन्छ । 

    गोलाकार आँखा 

    गोलाकार आँखा भएमा मानिस समझदार र दुरदर्शी हुन्छन् । यि मानिसहरु आफ्नो निर्णय धेरै सोचविचारले मात्रै गर्दछन् । निर्णय लिन हतारिँदैनन् । कुनै पनि कुरामा छिट्टै एकिन गर्दैनन् । 

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - १३:३३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij