२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौ । नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल काठमाडौं आउने भएको छन् ।
स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आउन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा उत्पन्न राजनीतिक परिस्थितिबारे बुझ्न उक्त टोली काठमाडौं आउन लागेको बताइएको छ ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले चिनियाँ टोलीको भेटघाटका लागि नेकपाका शीर्ष नेताहरूसँग समय मिलाइरहेको स्रोतले जानकारी दिएको छ । चिनियाँ टोलीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले भने औपचारिक रूपमा जानकारी दिएको छैन ।
यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाको प्रचण्ड-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" र माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij