Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ च्याम्पियनसिप उपविजेता टोली फर्कियो, विमानस्थलमा भव्य स्वागत

साफ च्याम्पियनसिप उपविजेता टोली फर्कियो, विमानस्थलमा भव्य स्वागत


  • 7.6K
    Shares

    साफ च्याम्पियनसिप उपविजेता टोली फर्कियो, विमानस्थलमा भव्य स्वागत

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेका छन् । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान साढे १० बजे काठमाडौंमा अवतरण गरेको हो ।

    नेपाली फुटबल टोलीलाई विमानस्थलमा बाजागाजा सहित स्वागत गरिएको थियो । उनीहरूको स्वागतको लागि खेलकुद मन्त्री महेश्‍वर जंग गहतराज पनि विमानस्थल पुगेका थिए । 

    माल्दिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० ले पराजित भएपछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधिबाट वञ्चित भएको हो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

    नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए ।

     

    प्रकाशित मिति :कार्तिक १ २०७८ सोमवार - १२:३८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij