Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक

राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक


  • 6.3K
    Shares

    राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक

    उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कात्तिक ४ देखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

    प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसलाई १० समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका सम्पूर्ण खेल सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । छनोटको फाइनल पुग्ने टोलीले महिला राष्ट्रिय लिगमा स्थान बनाउने छन् ।

    प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् । प्रतियोगितामा हरेक दिन ३ खेल हुनेछ । 

    छनोटको पहिलो दिन कात्तिक ४ गते हुने उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । 

    सोही दिन हुने दोस्रो खेल कन्काई नगरपालिका र गोदावरी नगरपालिकाबीच हुनेछ । तेस्रो खेलमा कालिका नगरपालिकाले ललितपुर महानगरपालिकाको सामना गर्नेछ । 

    प्रकाशित मिति :आश्विन २५ २०७८ सोमवार - ११:५२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij