Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भैरहवालाई ७ विकेटले हराउँदै पोखरा ईपीएलको फाइनलमा प्रवेश

भैरहवालाई ७ विकेटले हराउँदै पोखरा ईपीएलको फाइनलमा प्रवेश


  • 6.9K
    Shares

    भैरहवालाई ७ विकेटले हराउँदै पोखरा ईपीएलको फाइनलमा प्रवेश

    पोखरा राइनोज चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा पुगेको छ ।  आज दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियर्ससलाई ७ विकेटले हराउँदै पोखरा फाइनलमा पुगेको हो ।  

    भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८।२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । पोखराको जितमा साहन अर्चिङ्गेले अविजित ५३ र विपिन रावलले नटआउट ४० रनको योगदान दिए । प्रमुख ब्याट्सम्यान रिचर्ड लेभी १४ रनमा आउट हुँदा ऋत गौतम ९६० र लोकेश बम ९०० भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

    बलिङमा स्पिनर भुवन कार्कीले उत्कृष्ट रन आउट गराउँदै भैरहवालाई महत्वपूर्ण सफलता दिलाए । ननस्ट्राइकका लेभी रन लिने क्रममा केही अघि बढेको समयमा भुवनले उत्कृष्ट रन आउट गराएका थिए । भुवनले भैरहवाको २ विकेट लिए ।  

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनायो । 

    उसका लागि कप्तान शरद भेषवाकरले ३३ बलमा सर्वाधिक अविजित ३२ रन बनाए । आरिफ शेखले २४ बलमा एक छक्का र एक चौकाको सहयोगमा २७ रनको योगदान दिए ।

    त्यस्तै,  रोहितकुमार पौडेलले १६, उपुल थरंगाले ११ र प्रदीप ऐरीले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

    बलिङमा साहन अरजिङ्गे र किशोर महतोले सर्वाधिक २र२ विकेट लिए । उपाधिका लागि पोखराले अब चितवन टाइगर्सको सामना गर्नेछ । यी दुई टोलीबीचको फाइनल म्याच शनिबार हुनेछ ।  

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - १६:४९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij