Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ईपीएल क्वालिफायर : पोखरा ६६ रनमै अलआउट

ईपीएल क्वालिफायर : पोखरा ६६ रनमै अलआउट


  • 9.6K
    Shares

    ईपीएल क्वालिफायर : पोखरा ६६ रनमै अलआउट

    काठमाडौँ । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को पहिलो क्वालिफायरमा पोखरा राइनोजले चितवन टाइगर्ससामु ६७ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रनमा समेटियो । पोखराका लागि रिचार्ड लेभीले बनाएको १९ रन सर्वाधिक भयो । यस्तै सुनिल धमलाले १८ र सुशन भारीले १२ रन बनाउनुबाहेक अरूले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    चितवनका सागर ढकाल र साहब आलमले ४/४ विकेट लिएपछि पोखराका ब्याट्स्मयानहरु निरीह भएका थिए । बाँकी विकेट सोमपाल कामी र करिम जन्नतले बाँडे ।

    आजको खेलको विजेता फाइनल पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । क्वालिफायरमा एलिमिनेटरको विजेता टिमसँग खेल्नुपर्नेछ । एलिमिनेटरमा बुधबार नै काठमाडौँ किङ्स-११ र भैरहवा ग्लाडीएटर्स दिउँसो १:३० बजे खेल्नेछन् ।

    प्रकाशित मिति :आश्विन २० २०७८ बुधवार - ११:५७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij