२०८२ भाद्र ८ गते आइतवार
आजभोली अवांछित गर्भ रोक्नको लागि थुप्रै बजारिया औषधिहरु सेवन तथा प्रयोग गर्ने गरिएको पाइन्छ । साथै असुरक्षित यौनसम्पर्क र त्यसपछि प्रयोग गरिने औषधिको विक्री वितरण अत्याधिक बढेको पाइन्छ ।
यस्तो औषधिले निकट भविष्यमा नै महिलाहरुको स्वास्थ्यमा गम्भिर असर देखा पर्ने गर्दछ । तर यसको रोकथामको लागि हाम्रै भान्सा तथा वरपर भएका विभिन्न घरेलु उपायहरु पाइन्छन् जसको प्रयोगबाट चाहाना नभएको अवस्थामा गर्भ नराख्न सकिन्छ ।
मेवाको वियाँ :
रिलेसनको समय मेवाको वियाँ सेवन गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ । साथै यसको सेवनले गर्भपतन समेत हुन सक्छ ।
सिधे नुन :
सम्भोग गर्नुपूर्व तिलको तेलमा मिलाएको सिधे नुनको लेप योनीमा राख्नाले गर्भ रहँदैन ।
निमको तेल :
निमको तेलमा शुक्राणु नाशक शक्ति हुन्छ । सम्भोग गर्नु पूर्व यसको प्रयोग गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ ।
खुर्पानी :
हरेक दिन एक कप पानीमा २ वटा खुर्पानी मिलाएर सेवन गर्नाले गर्भ रहने सम्भावना निक्कै कम हुन्छ ।
पिप्पली :
सम्भोगको समयमा पिप्पलीको बियाँको पाउडर दुधसँग मिलाएर खानाले गर्भाधानबाट बच्न सकिन्छ ।
कपास :
कपासको जरा पानीमा उमालेर सेवन गर्नाले अक्सीटोसीनको लेवल शरीरमा बढ्छ । जसले गर्भाधान हुनबाट रोक्छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij