२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सोमबारबाट सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकासँग खेल्दै छ । खेल अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ पछि सुरु हुनेछ ।
नेपालले आईसीसी विश्वकप लिग–२ का लागि ओमानमा तीन साता लामो प्रशिक्षणसँगै पपुवा न्युगिनी (पीएनजी)सँग दुई ओडीआई खेल खेलेको थियो । नेपालले पहिलो खेलमा पीएनजीलाई दुई विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरको जित निकालेको थियो ।
नेपालले ओमान भ्राणमा लक्ष्य चार खेलमा शतप्रतिशत जितका साथ ८ अंक बटुल्नेछ । विश्वकप लिग २ आईसीसी एकदिवसीय विश्वकप २०२३ मा हुने विश्वकप छनोट यात्रा हो । नेपालले गत वर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग २ मा डेब्यु गरेको थियो । नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरी ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् ।
होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडीआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउनेछन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । प्ले अफमा च्यालेन्ज ए र बीबाट आउने शीर्ष दुई टोली गरी ६ टोलीबीच प्रतिस्पर्धा गर्नेछन् ।
प्लेअफबाट दुई टोलीले ग्लोबल छनोट खेल्ने अन्तिम अवसर पाउनेछन् । ग्लोबल छनोटमा १० टोली हुनेछन् । आईसीसी विश्वकप सुपर लिगमा १२ टेस्ट टोली र नेदरल्यान्ड्स गरी कुल १३ टोली छन् । विश्वकप सुपर लिगमा १३ टोली मध्य भारत आयोजक देश हुँदा छनोट भइसकेको छ । सुपर लिगपछि अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउनेछन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्नेछन् ।
सुपर लिगका पुछारका पाँच टोली, विश्वकप लिग–२ का शीर्ष तीन टोली र प्लेअफका शीर्ष २ टोली गरी कुल १० टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । जसबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ
दीपेन्द्रले सिरिज गुमाउने
युवा ब्याट्सम्यान तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीले सोमबारबाट सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिज गुमाउने भएका छन् । दीपेन्द्र अभ्यासका क्रममा यसै साता दायाँ खुट्टा एंकलमा चोट लागेपछि ओमान भ्रमणका सबै खेल गुमाउने नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।
दीपेन्द्रले दुई हप्ता आराम गर्नेछन् । दीपेन्द्र चोटका कारण पपुवा न्युगिनी (पीएनजी)सँगको दुई ओडीआईमा पनि बेन्चमा बसेका थिए । मध्यक्रमका प्रमुख ब्याट्सम्यान दीपेन्द्रले सिरिज गुमाउँदा नेपाललाई भने ठूलो झड्का लागेको छ । दीपेन्द्र नहुँदा नेपालको मध्यक्रम ब्याटिङमा ठूलो असर पर्न सक्छ ।
खेल तालिका
२८ भदौ नेपालविरुद्ध अमेरिका, दिउँसो ४ः१५ बजे
२९ भदौ नेपालविरुद्ध ओमान, दिउँसो ४ः१५ बजे
१ असोज नेपालविरुद्ध अमेरिका, दिउँसो ४ः१५ बजे
३ असोज नेपालविरुद्ध ओमान, दिउँसो ४ः१५ बजे
नेपालको टोली
ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहितकुमार पौडेल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij