२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय ए डिभिजन लिगको ड्र आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको छ। सेप्टेम्बर १८ बाट अक्टोबर ८ सम्म पोखरामा हुने प्रतियोगितामा ६ वटा प्रदेशका १० वटा टिमले सहभागिता जनाउँदैछन्।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्नेछन्। त्यस्तै ब्यक्तिगत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट कोच र इमर्जिङ खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
सहभागि टिमहरु
फुटसल ५ धरान, द राइजिङ क्लब धरान, ढुकु फुटसल क्लब, शंखमुल फुटसल, प्रभातफेरि फुटसल क्लब, स्काइ गोल्स फुटसल, स्पोर्ट्स क्यासल, सविन मेमोरियल फुटसल क्लब, लुम्बिनी फुटसल, झर्ना स्पोर्ट्स क्लब..
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij