Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

किन शिलाजीतलाई जडीबुटीको राजा भन्ने गरिन्छ ?

किन शिलाजीतलाई जडीबुटीको राजा भन्ने गरिन्छ ?


  • 10.5K
    Shares

    किन शिलाजीतलाई जडीबुटीको राजा भन्ने गरिन्छ ?
    images

    काठमाडौं । नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान छ । आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ ।

    बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्छ । रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजीतको बडो महत्व छ । यौन दौर्बल्य अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछ ।

    विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलता लगायतका रोगहरू यसले निर्मूल बनाइदिन्छ । उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजीतको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन् ।

    शुद्ध शिलाजीत १० ग्राम, केशर दुई ग्राम, अम्बर दुई ग्राम मिसाएर मजाले घोटेर दुई दुई रत्तीको गोली बनाउनुस् । यसलाई बिहान बेलुका दूधसँग खानुस् । स्वप्नदोष आउन बन्द हुन्छ अनि शरीरमा बल र पुष्टि आउँछ ।

    शीघ्रस्खलनका रोगी विवाहित पुरुषले यसको सेवन गर्दा समस्या समाधान हुन्छ । अमिलो कुरा नखाइकन कम्तीमा पनि ६० दिन यसरी शिलाजीत खानुपर्छ ।

    आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजीत हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चमकिलो हुन्छ ।

    यो तीतो, कसिएको र तातो हुन्छ । शिलाजीतको मुख्य उद्देश्य शरीरलाई बल दिएर स्वस्थ, शक्तिशाली र पुष्ट बनाउनु हो । शिलाजीत सुक्दाखेरी गोमूत्रजस्तो गन्ध आउँछ । यसको सेवनले सेक्स पावर मात्र बढ्ने नभई बुढ्यौलीका समस्या पनि समाधान हुन्छन् ।

    शिलाजीत चार प्रकारका हुन्छन् : रजत, स्वर्ण, लौह र ताम्र । प्रत्येक प्रकारको शिलाजीतका गुण तथा लाभ पनि प्रकृति अनुसार नै हुन्छ ।

    पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिडटी)बाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।

    शिलाजीतको सेवन गर्दा रातो खुर्सानी, तातो खाना र पेयपदार्थ, मसालेदार भोजन, मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन ।

    त्यस्तै राति जागा बस्ने, बिहान ढिलोसम्म सुत्ने, मलमूत्रको वेग रोक्ने अनि असाध्यै श्रम वा व्यायाम गने पनि गर्नु हुँदैन । बजारमा शिलाजितका नाममा जे पायो त्यही वस्तु पनि पाइन्छन् । आधिकारिक ठाउँबाट मात्र शिलाजीत किन्नु उपयुक्त हुन्छ ।

     

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १३:४३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij