Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कहिल्यै नओइलाउने गोदावरी फुलको माला लगाउन अर्को वर्ष आउनेछु बुनु !

कहिल्यै नओइलाउने गोदावरी फुलको माला लगाउन अर्को वर्ष आउनेछु बुनु !


  • 15.0K
    Shares

    कहिल्यै नओइलाउने गोदावरी फुलको माला लगाउन अर्को वर्ष आउनेछु बुनु !

    प्यारी बुनु शिवानी सप्रेम सम्झना !

    कुशल छु, कुशलता को कामना गर्दछु ।

    गन्तव्यहीन यात्राको बिचबाट टोलाइरहेका आँखाले भत्किएका मनहरूबाट यो पत्र लेख्न गइरहेको छु ।

    प्यारी बहिनी,

    मानव सभ्यताको बिकाससंगै बिकास हुँदै गएको अत्याधुनिक प्रणालीले हामी सबैलाई नजिक जोडेकै छ । निमेष भरमै संसार देख्न, सुन्न र त्यसको बारेमा जानकारी एउटा कोठामै बसीबसी सहजै प्राप्त गर्न सकिन्छ । तथापि एकै ठाउँमा बसेको अनुभूति लाई यसले जित्न सक्दैन ।

    प्यारी  बहिनी शिवानी,

    जबजब पर्वहरूको आगमन हुन्छ, तबतब यी मनहरू यसरी फाट्छ, जसरी अमिलो पर्दा दूध फाट्छ ! बल्लतल्ल सम्हालेर राख्नुको विकल्प मसँग  हँुदैन !

    दशैंको आगमनले जलाएको यो मन जसोतसो सम्हालेर राखेको थिएँ । यही बिचमा अनपेक्षित रूपमा तिमीले मेसेन्जर मार्फत पठाएको पत्रहरूले आज मन फेरि एकतमास को बनाएको छ ।

    बुनु,

    सामान्य कुराकानी र सन्देशहरू आइरहने यो मेसेन्जरमा आज निकैबेर लगाएर पढनुपर्ने मेसेज देखेर अनौठो मात्रै होइन आफुले आफैसँग हारेको अनुभुति गर्न पनि बाध्य भएको छु । हरेक पर्बहरू हाम्रा अमूल्य निधि हुन् । ती पर्बहरूलाई सजाउँदै अपनाउन पाउनु हाम्रो अहोभाग्य हो तर सबै समय एक नाश कहाँ हुदो रहेछ र ?!

    प्यारी बहिनी शिवानी,

    तिमीले लेखेको पत्रको यी हरफहरूले मलाई निकैनै छोयो :

    “दादा दशैं पर्बमा राखिएको जमराले हजुरलाई कति पर्खियो त्यसको जवाफ मसँग  छैन । त्यो दशैं हजुर बिना अपुरो भएको अनुभव गर्दै बिदाइ गरें । अब तिहारमा त मेरो दाज्यु जसरी भएपनि आउनुहुन्छ भनेर । दाई, तिहार मा हजुरको अनिवार्य उपस्थितिको बाचा मैले भुलेकी थिइन । हजुरले अघिल्लो बर्ष भन्नुभएको थियो– बुनु आगामी बर्ष  त्यो मखमलिको माला ओइलाउन दिने छैन । बहिनीसंगै  पारी पाखामा गएर कमेरो माटो ल्याएर घर पोत्ने, घर सजाउने अनि मेरी बहिनी लाई पुतली जस्तै रंगीचंगी बनाएर सजाउछु भनेर । अनि सबै जनासंग  मिलेर द्यौसी भैलो खेल्ने भनेर । लिङ्गेपिङ मा तिमीलाइ राखेर जोड ले हल्लाइदिन्छु भन्नुभएको थियो । प्यारी बहिनीको हातबाट कहिल्यै नसुक्ने तेलको धाराभित्र बसी सप्तरङ्गी टिकाको साथमा कहिल्यै नओइलाउने गोदावरी फुलको मालाले सजाउँला भन्नुभएको थियो तर आज अल्लोपल्लो घरका दाजुहरू आउनाले चहलपहल बढ्दैगर्दा पर्वले घुम्टो हाल्नै लाग्दा पनि हजुरको उपस्थिति नभएपछि मनलाई निराश हुँदै मेसेन्जर मार्फत पत्राचार गरेकी हूँ दाजु !”

    बुनु !

    दिनभरको कामलाई बिटमारी कोठामा आएँ । मोबाइल खोलें । सुुरुमै मेरी बुनु को मेसेज रहेछ । लगभग दिनहूँजस्तै हुने मेरो बुनुको मेसेज आज अलि लामै थियो । हात खुट्टा धोएर एकछिन बेडमा पल्टिएँ अनि तिम्रो मेसेज हेरें । बुनु,  मन थाम्न सकिन !  सुकोमल हातद्वारा लिखित अनमोल शब्दहरूको त्यो फेहरिस्तको जवाफ दिन सक्ने मसंग  कुनै शब्द नै छैन तथापि फेरि पनि केही न केही त भन्नैपर्छ होइन र बुनु ? बुनु, अघिल्लो बर्ष  मैले बाचा गरेकै हो । यस बर्ष तिहारमा उपस्तिथि को लागि । तर मरी प्यारी बहिनी,  सोचे जस्तो कहाँ हँुदो रहेछ र बुनु ? आमाले बडो जतन गरी राख्नुभएको जमरालाई  समय दिन नसक्दा एकातिर मन भत्भती पोलेको छँदैथियो अर्कोतिर मेरो दाजुको लागि भनी  तिमीले सजाएर राखेकी मखमली र सयपत्री र गोदावरी फुललाई न्याय गर्न नसक्दा मन दुखेर आउँछ । बुनु यो शरीर फतक्क गलेको छ, मन भास्सिएको अनुभुति भएको छ !  आज फेरि बाध्यता नामको शब्दले न्याय पायो बुनु ।

    प्यारी बुनु शिवानी,

    देशमा हर क्षेत्रमा भएको मुल्यबृद्धि अनि रोजगारीको अभावमा आज पनि झन्डै ४० लाख नेपालीहरू बिदेशमा नै पर्बहरू सम्झिएर बस्न बिवश भएका छन् । मेरी बुनु तिम्रो दाजु मात्रै होइन, हामी सबैको यो साझा समस्या र पीडा हो । तिम्रो दाजु त केबल एउटा प्रतिनिधि पात्र मात्रै हो ।  ती सबै दिदिबहिनी दाजुभाइको निधार खाली नै रहनेछ मेरी बुनु । तिमी कति बुझ्ने छौ । जुन दिन ती सबै नेपाली हरूको निधारमा सप्तरङी टीका र मखमली फुल को माला पर्छ  त्यो दिन मेरी बहिनी तिमी बुनुलाइ सिकायतको कुनै मौका नै दिने छैन । बुनु तिम्रो प्रतीक्षाको घडीलाई यस बर्ष  सम्बोधन गर्न नसकेकोमा म आफै दुखित छु । बुनु,  यसैपनी यो बर्ष विश्व जगत नै त्रसित छ । कोरना भाइरसले सबैलाई थुनेको छ । सबैलाई यसबाट बच्न र यसको सुरक्षाको सबै उपायहरू अबलम्बन गर्न मेरी बुनुले सबैलाई सुझाउने छ्यौ र आफुपनि सुरक्षित छ्यौ भन्नेमा म ढुक्क छु ।  मेरी बुनु तिमी कहिल्यै दुखित नहुनु ल ! तिम्रो साहस नै मेरो शक्तिको आधार हो । अर्को बर्ष  कमेरो बोकेर घर लिप्न अनि देउसी भैली खेल्न र मेरी बुनुलाइ लिङ्गेपिङ रोटेपिङ खेलाउन अबश्य आउने छु अबश्य पनि मेरी बुनुको हातले तेलको धारा ले छेकेर कहिल्यै नओइलाउने गोदावरी फुलको माला लगाउन अबश्य आउने छु यसपालिलाई माफ गरिदेउ मेरी बुनु !

    (सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा तिहार पर्बको धेरै धेरै शुभकामना ! सुरक्षा प्रोटोकललाई अपनाउदै पर्व मनाऔं, कोरनालाइ परास्त गरौं !)

    गो.न.पा., छापथोक,  गोरखा

    हाल : एसियन टाउन दोहा कतार ।

    प्रकाशित मिति :कार्तिक २९ २०७७ शनिवार - ०९:१९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij