Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

सानिमा लाइफको आईपीओमा अचाक्ली आकर्षण, दुई दिनमै ४.४३ गुणाले ओभरसब्सक्राइब्ड

सानिमा लाइफको आईपीओमा अचाक्ली आकर्षण, दुई दिनमै ४.४३ गुणाले ओभरसब्सक्राइब्ड


  • 6.1K
    Shares

    सानिमा लाइफको आईपीओमा अचाक्ली आकर्षण, दुई दिनमै ४.४३ गुणाले ओभरसब्सक्राइब्ड
    images

    सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँबराबरको आईपीओमा लगानीकर्ताको आकर्षण अत्यधिक रहेको छ । आईपीओ निष्कासन भएको दोस्रो दिन बिहीबारसम्म ४.४३ गुणाले आवेदन परेको छ ।

    कम्पनीले बुधबारबाट १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

    बिहीबार अपरान्ह ५ बजेसम्म १५ लाख ४ हजार ८११ आवेदकबाट २ करोड ३९ लाख ४७ हजार ७८० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । यो मागभन्दा ४.४३ गुणा बढी आवेदन हो । यो आईपीओको साउन २४ गतेसम्म आवेदन दिन पाइन्छ ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १३:२५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij