२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुच कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ५.७५ अंकले घटेको छ ।
आज ११ बजे २०६७.१७ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधि सम्म आइपुग्दाँ ५.७५ अंकले घटेर २०६१.४१को बिन्दुमा पुगेको हो । चार घण्टाको अवधिमा नेप्से परिसुचक ०.२८ प्रतिशतल घटेको छ।
यस्तै अन्तिम समयसम्म आइपुग्दाँ सेन्सेटिभ ०.७४ अंकले ओरालो लागेर ३८७.४२ को बिन्दुुमा पुगेको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह मात्र बढेका छन । लाइफ इन्सुरेन्स ५१.७९ बिन्दुले, लघुवित ५९.५९ बिन्दुले र बैंकिङ ०.०८ बिन्दुले बढेका हुन् ।
अन्तिम समयसम्म कारोबारमा आएका २०५ कम्पनिको ९७ लाख ५५ हजार ५४७ कित्ता शेयर ४७ हजार ७६९ पटक खरिद विक्री हुदाँ ६अर्ब ६ करोड ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्सको २ लाख २९ हजार ४९८ कित्ता खरिद बिक्री हुदाँ ५२ करोड ३८ लाख २६ हजार बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij