Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

साढे ६ लाखको सुपारी दिएर सफारी चालकको हत्या, ७ जना पक्राउ

साढे ६ लाखको सुपारी दिएर सफारी चालकको हत्या, ७ जना पक्राउ


  • 603
    Shares

    साढे ६ लाखको सुपारी दिएर सफारी चालकको हत्या, ७ जना पक्राउ
    images

    काठमाडौं । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

    दशैँलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न आरोपमा सुटरसहित ७ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्याका मुख्य योजनाकार समेत पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह , मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । पुरानो रिसिवीका कारण चौधरीको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

    पक्राउ परेकामध्ये राजेश साहले आफूलाई चौधरीले तन्त्रमन्त्र गरेर बिरामी पारेको भन्दै हत्याको योजना बनाएको प्रहरीलाई बताएका छन् । चौधरीको हत्या गर्न राजेशले ६ लाख ५० हजार रूपैयाँ सुपारी दिएर सुटर मोहम्मदलाई प्रयोग गरेका थिए । उनले ३ लाख रूपैयाँ समेत पेश्की लगेको पाइएको छ ।

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - ११:४५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij