Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु

गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु


  • 540
    Shares

    गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु
    images

    काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको आगलागीमा कुल २५ जनाको मृत्यु भएकोमा चार जना नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 

    मृतक २५ मध्ये ५ जना पर्यटक र २० जना नाइट क्लबकै स्टाफ रहेको बताइएको छ । मृत्यु हुने ५ पर्यटकमध्ये ४ जना दिल्लीका रहेको जनाइएको छ । 

    आगलागीमा परेर मृत्यु भएका २० स्टाफमध्ये उत्तराखण्डका पाँच जना छन् । त्यस्तै नेपालका चार जनाको मृत्यु भएको जनाइएको छ । मृतक चार नेपाली नागरिकको ठेगाना भने खुलाइएको छैन ।

     

     

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - ११:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij