Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

यो हप्ता मौद्रिक नीति सार्वजनिक हुँदै, अवैध विज्ञापन चुनौति बन्यो

यो हप्ता मौद्रिक नीति सार्वजनिक हुँदै, अवैध विज्ञापन चुनौति बन्यो


  • 5.5K
    Shares

    यो हप्ता मौद्रिक नीति सार्वजनिक हुँदै, अवैध विज्ञापन चुनौति बन्यो
    images

    काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति यो हप्ता शुक्रबार वा अर्को हप्ता आइतबार आउने भएको छ । सोमबार इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)का पदाधिकारीसँगको भेट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आइतबारसम्ममा  मौद्रिक नीति ल्याउने तयारी रहेको बताएका हुन् ।

    चालु आर्थिक वर्षको बजेट सार्वजनिक भइसकेपछि सरकार परिवर्तनका कारण मौद्रिक नीति ल्याउन केहि ढिला भएको गभर्नर अधिकारीले जानकारी दिए । उनले भने, ‘बजेट सार्वजनिक भइसकेपछि सरकार परिवर्तन र बजेट परिमार्जनको विषय चर्चामा रहेका कारणले केहि समय मौद्रिक नीति सार्वजनिक गर्न होल्ड गरेका हौं ।’  

    अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा कुनै पनि दवाव नदिएको उनले बताए । उनले भने, ‘पुरानो सरकारले अध्यादेश मार्फत ल्याएको बजेट परिमार्जन गर्ने बताएपछि बजेटको अंक र कार्यक्रमहरु परिमार्जन हुन्छन कि भनेर मात्र हामी रोकिएका हौं ।’ 

    इम्शनले ६ बुँदे माग राख्दै ज्ञापनपत्र समेत बुझाएको छ । हाल नेपालमा सामाजिक सञ्जालमा ठूलो मात्रामा अनधिकृत रुपमा भइरहेको विज्ञापनमा विदेशी मुद्रा अपचलनलाई नियन्त्रण गर्न राष्ट्र बैंकलाई आग्रह गरेको छ । 

    इम्शनले पेश गरेको ज्ञापनपत्रलाईका सम्बन्धमा गभर्नर अधिकारीले भने, ‘अनधिकृत रुपमा भइरहेको विज्ञापन यो राष्ट्रकै चुनौतिका रुपमा खडा भएको छ । यसले मिडियालाई मात्र नभएर राज्यलाई नै ठूलो नोक्सान भइरहेको छ ।’ अनधिकृत रुपमा विदेशी मुद्रा प्रयोग गरेर भइरहेको विज्ञापन रोक्न सरकारका सबै निकायहरु लाग्न पर्ने भएको गभर्नर अधिकारीले बताए । 

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - १६:४७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij