Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

मैलुङ खोलाको आइपिओ भर्ने आज अन्तिम दिन

मैलुङ खोलाको आइपिओ भर्ने आज अन्तिम दिन


  • 5.8K
    Shares

    मैलुङ खोलाको आइपिओ भर्ने आज अन्तिम दिन
    images

    काठमाडौँ । मैलुङ खोला जलविद्युत्‌ कम्पनीको साधारण सेयरको बिक्री सोमबार (आज) बन्द हुने भएको छ ।

    गत साउन १४ गतेबाट खुलेको आइपिओका लागि आवेदन दिने आज अन्तिम दिन रहेको कम्पनीले जानकारी दिएको छ । ६ लाख ८४ हजार सात सय ४६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

    यो जलविद्युत्‌को प्रति सेयर एक सय रुपैयाँका दरले साधारण सेयरको बिक्री खुलेको थियो । सात लाख ३६ हजार दुई सय ८६ कित्तामध्ये पाँच प्रतिशत अर्थात ३६ हजार आठ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

    जारी पुँजीको दुई प्रतिशत (१४ हजार सात सय २६ कित्ता) कर्मचारीका लागि छुट्याइएको छ । १० लाख कित्तादेखि एक लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

    आर्थिक वर्ष २०७७र७८ मा कम्पनीको प्रति सेयर आम्दानी २८।५४ रुपैयाँ पुग्ने प्रक्षेपण छ । यसको लगानी फिर्ता हुने अवधि ६ वर्ष दुई महिनाको छ । डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना छ ।

     

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - १४:५६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij