Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यी गल्तीले बिग्रनसक्छ धेरैसँग सम्बन्ध

यी गल्तीले बिग्रनसक्छ धेरैसँग सम्बन्ध


  • 8.0K
    Shares

    यी गल्तीले बिग्रनसक्छ धेरैसँग सम्बन्ध
    images

    जसरी हामीहरुको दैनिक जीवनमा शिष्टाचार महत्व छ । हिजोआज त्योभन्दा धेरै सामाजिक सञ्जाल वा इन्टरनेटको प्रयोग गर्दा शिष्टाचारको ख्याल गर्नुपर्ने देखिन्छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पछिल्लो समय अनलाइन शिष्टाचारको अवधारणा समेत धेरै आउने गर्छ।

    सामाजिक सञ्जाल चलाउँदा होस् या अरु इन्टरनेटको प्रयोगमा समेत हामीले केही कुरालाई ध्यान नदिँदा समस्या सिर्जना हुनसक्ने देखिन्छ । अनलाइनको नियम पालना नगर्दा पनि हामीहरु समस्यामा पर्ने सम्भावना रहन्छ ।

    डिजिटल इन्फरमेसन वल्र्डकाको एक रिपोर्टका अनुसार नेपालमा एक करोड मानिसले सामाजिक सञ्जाल चलाउने गर्छन् । यो २०२० को रिपोर्टमा उल्लेख भएको हो । जसमध्ये पछिल्लो एक वर्षमा मात्रै ९ लाख ८० हजारभन्दा धेरै प्रयोगकर्ता थपिएका छन् ।

    विश्वको रिपोर्टलाई आधार मान्ने हो भने हामीहरु हरेक दिन ६ घण्टा २ मिनेट अनलाईन वा इन्टरनेटमा समय बिताउँछौं । यति धेरै समय व्यतित गर्ने अनलाईनमा हामीले केही नियमलाई मानेनौं भने आफ्नैलागि यो नोक्सानदायक हुने जानकारहरु बताउँछन् ।

    स्मार्टफोन, ल्यापटप, खेल, फोटो लिन तथा अरुसँग कुराकानीको लागि समेत इन्टरनेटको प्रयोग गर्ने प्रचलन बढिरहेको छ । प्रविधिको विकाससँगै हामी यसमा व्यस्त रहनु स्वाभाविक हो । तर, प्रयोग गर्ने नियमहरु एवं यसको विषयमा पर्याप्त जानकारी बिना नै यसको प्रयोग गर्दा भने यसबाट धेरै गल्तीहरू हुनसक्छन् ।

    – हामीहरु अनलाईनमा कुराकानी गर्दा धेरै नराम्रा भाषाको प्रयोग गर्नेगर्छौं । यसबारेमा कसैलाई पनि जानकारी नभएको भनेर हामीहरु स्वतन्त्र रुपमा यस्ता भाषाको प्रयोग गर्नेगर्छौं । तर, कसैले देखिरहेको छैन भनेर यसलाई बेवास्ता गरिरहनु केवल भ्रम मात्रै हो ।

    – कुरालाई अनावश्यक लामो नबनाउनुहोस् । यसको मतलब महत्वपूर्ण कुराकानीसँगै फोन राख्नु नै उचित हुन्छ । निस्शुल्क फोन भनेर धेरैबेरसम्म कुरा गर्ने बानी इन्टरनेटको शिष्टाचार भित्र पर्दैन ।

    – इमेल, च्याट वा अरु कुनै पनि म्यासेज पठाउनुपूर्व त्यो म्यासेजलाई फेरि एक पटक राम्रोसँग पढ्नुपर्छ ।

    – म्यासेज टाइप गर्दा अँग्रेजीको ‘क्यापिटल लेटर’ प्रयोग राम्रो मानिँदैन । आक्रोशित वा त्यस्तै अर्थ बुझाउनको लागि यस्तो शब्दको प्रयोग गरिने भएकोले यो प्रयोग नगर्न जानकारहरु सुझाव दिन्छन् ।

    – इमेल पठाउँदा विषयको बारेमा लेख्ने ठाउँलाई महत्व दिनुपर्छ । सामान्यतया इमेलको महत्वलाई हामीले त्यही विषय हेरेर नै बुझ्ने गर्छौं । त्यसैले इमेल महत्वपूर्ण विषयमा छ भन्ने बुझाउनको लागि पनि विषयलाई स्पष्ट लेख्नुपर्छ ।

    – कसैलाई आफ्नो सूचना दिने नाममा असम्बन्धित व्यक्तिलाई इमेल पठाइरहनु पनि इन्टरनेटको दुनियाँमा अशिष्ट व्यवहार मान्ने गरिन्छ ।

    – अनलाइन दुनियाँमा गतिको ख्याल राख्नुपर्छ । ईमेल र सामाजिक सञ्जालमा आउने म्यासेज ९सन्देश०हरूको जवाफ समयमा नै दिनुपर्छ । सामाजिक सञ्जालको बेवास्ताले सम्बन्धमा असर गर्नसक्छ ।

    – सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवनको साना साना कुरा पनि पोष्ट गर्ने बानी अन्त्य गर्नुपर्छ ।

    – जोप्रति पूर्ण विश्वास छैन । ऊसँग कुराकानी गर्ने, आफ्नो जीवन कहानी सुनाउने काम गर्नु आवश्यक हुँदैन । जोकोहीलाई पनि आफूसँग भएको ज्ञान हतारमा बाँड्नु पनि आवश्यक छैन ।

    – सामाजिक सञ्जालमा कसैको पनि फोटाहरु सकेसम्म स्रोत नखुलाई लेख्नु हुँदैन । वेबहरुबाट समेत अनुमतीबिना फोटोहरू चोरेर पोष्ट गर्नुहुन्न । हुनसक्छ तिनीहरूको प्रतिलिपि अधिकार हो र कसैले यसमा धेरै मेहनत गरेको हुनसक्छ । त्यसैले फोटो राख्नुपूर्व अनुमति लिने र क्रेडिट पनि दिने गर्नुपर्छ ।

    – कमेन्टहरु सकेसम्म कम गर्नुहोस् । अनलाइनमा हुने छलफलको क्रममा आफ्नो भनाईहरु स्पष्टसँग राख्नुहोस् ।

    – कसैले पठाएको फ्रेण्ड रिक्वेस्ट ९साथीको लागि अनुरोध०लाई स्वीकार गर्नुपूर्व ध्यानपूर्वक सोच्नुहोस् । त्यसलाई स्वीकार गरिसकेपछि गरिने अनफ्रिण्ड भनेको त्यो साथीप्रति गरिएको अपमान मान्ने गरिन्छ ।

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - १३:४७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij