Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

टोकियो ओलम्पिकमा जापानकी १३ वर्षीया बालिकाले स्वर्ण जित्दै रचिन् इतिहास

टोकियो ओलम्पिकमा जापानकी १३ वर्षीया बालिकाले स्वर्ण जित्दै रचिन् इतिहास


  • 11.8K
    Shares

    टोकियो ओलम्पिकमा जापानकी १३ वर्षीया बालिकाले स्वर्ण जित्दै रचिन् इतिहास
    images

    जापानको टोकियोमा जारी ओलम्पिकमा जापानकी १३ वर्षीया बालिकाले स्वर्ण पदक जित्दै इतिहास रचेकी छिन् ।  १३ वर्षीया मोमिजी निशियाले महिला स्ट्रिट स्केटबोर्डिङमा सोमबार स्वर्ण जितेर इतिहास बनाएकी हुन् । 

    उक्त स्पर्धामा ब्राजिलकी रेस्सा लिलले रजत पदक जितिन् । उनी पनि १३ वर्षकै हुन् । यस्तै, जापानकै १६ वर्षीया फुना नाकायामाले कास्य पदक हात पारेकी छन् । 

    पदक जित्ने तीन खेलाडीको औषत उमेर १४ वर्ष १९१ दिन रह्यो । शीर्ष तीन पदक जितेका खेलाडीको यो अहिलेसम्मके कम औषत उमेर हो । स्केटबोर्डिङमा १३ वर्षकै उमेरमा स्वर्ण जिते पनि मोमिजी ओलम्पिकमा कम उमेरमा स्वर्ण जित्ने खेलाडी भने होइनन् ।

    ओलम्पिकमा कम उमेर स्वर्ण जित्ने कीर्तिमान अमेरिकाकी मार्जोरि गेस्ट्रीङ हुन् । उनले १९३६ को बर्लिन औलम्पिकमा १३ वर्ष २६७ दिनको उमेरमा डाइभिङमा स्वर्ण जितेकी थिइन् । यो उमेर मोमिजीको भन्दा ६३ दिन कम हो । जारी ओलम्पिकमा चीनले अहिलेसम्म ६ स्वर्ण, २ रजत र ५ कास्य गरी १३ पदक जितिसकेको छ ।

    दोस्रो स्थानको आयोजक जापानले ६ स्वर्ण, १ रजत र १ कास्य गरी कुल ८ पदक हात पारेको छ । अमेरिकाले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदक हात पारेको  छ। ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितिसकेका छन् ।

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १४:०३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij