२०८२ भाद्र ८ गते आइतवार
हाम्रो समाजमा अझै पनि परिवारले घरमा खाना पकाइदिने, स्यहारसुसार गरिदिए, आमाबुवाको ख्याल राख्ने, लुगाफाटो धोइदिए, घर सफा गरिदिए, पाहुनापात टारिदिए बुहारी खोज्दछन् ।
त्यस्तै पुरुषहरु पनि आफ्नो समाजको मान्यता अनुसार त्यही अनुसारको श्रीमती विहे गर्दछन् । त्यसैले प्रत्येक महिलाहरु आफ्नो श्रीमान् र परिवारबाट हेपिएर बस्नु परेको छ । तर अहिलेको वर्तमान समयमा विस्तारै त्यो मानसिकता सबैको दिमागबाट हट्दै छ ।
आखिर पुरुषहरु के चाहन्छन् रुकतिपय पुरुषहरु भात भान्सा काम गर्ने र जे भन्यो त्यही मान्ने श्रीमती खोज्दछन् । भने कतिपय आफ्नो श्रीमती भात र भान्सामा मात्र खुम्चिएर नबसोस् बाहिर अन्य काममा पनि सक्रिय होस् भन्ने चाहन्छन् । त्यसैले कामकाजी श्रीमती कि गृहणी रु भन्ने प्रश्नको ठ्याक्कै एउटा मात्र उत्तर आउँदैन । किनभने यो संसारको प्रत्येक मानिसहरुको सोचाई फरक फरक रहेको छ ।
वास्तवमा अहिलेको युवाहरुले गृहणी र कामकाजी दुवै भएको श्रीमतीहरु खोज्दछन् । किनभने अहिले सबै युवाहरु शिक्षित छन् । जसले गर्दा आफ्नो श्रीमतीले घरको भात भान्सा, बच्चा, आमाबुबादेखि बाहिरको पुरुषले गर्ने आर्थिक र सामाजिक कामकाज पनि गर्ने श्रीमती खोज्दछन् ।
अर्थात परिवारमा समस्या हुनेले पारिवारिक स्थिति बलियो बनाउन सक्ने श्रीमती खोज्छन्, आर्यआर्जनको अपेक्षा गर्ने श्रीमानले त्यही अनुसारको श्रीमती खोज्दछन् । त्यसैले मानिसहरु जस्तैसुकै दुखमा नआत्तिने र सुखमा नमात्तिने ,शारिरिक ,मानसिक र बौद्धिक रुपमा अब्बल हुनु जरुरी छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij