Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै

बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै


  • 4.6K
    Shares

    बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं- केन्द्रीय कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित भएलगत्तै एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

    बैठक अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आजै दिउँसो ३ बजे बस्दैछ।

    सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्नो पार्टीका २२ जना सांसदलाई अनुशासनको कारबाहीका निम्ति २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

    त्यसैगरी, एमाले एकता कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई ग्रहण गर्ने निर्णय गरेको थियो। यिनै विषयबारे छलफल गर्न र मंगलबार पुनः बस्ने केन्द्रीय कमिटी बैठकका अजेण्डा तय गर्न स्थायी कमिटी बस्न लागेको एक नेताले बताए।

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - १५:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij