Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

उत्तरी गोरखामा भारी हिमपात, स्थानीय खुसी

उत्तरी गोरखामा भारी हिमपात, स्थानीय खुसी


  • 547
    Shares

    उत्तरी गोरखामा भारी हिमपात, स्थानीय खुसी

    काठमाडौं । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज बिहान ३ः०० बजेतिरबाट हिमपात हुन सुरु गरेको स्थानीयले बताएका छन् । चुमनुब्री गाउँपालिका–१ को साम्दो, सामागाउँ, वडा नं २ को ल्हो, स्याला, वडा नंं ६ को चुम्चेत, वडा नं ७ को नौवटै गाउँबस्तीमा हिमपात भएको स्थानीयवासीको भनाइ छ ।

    “बिहान ३ः०० बजेदेखि हिउँ पर्न सुरु गरेको हो”, चुमनुब्री–७ का पासाङफुञ्जो लामाले भने, “हिउँ परेपछि गाउँलेहरू एकदम खुसी भएका छन् ।” खेतीपानी राम्रो हुने, धुलो नउड्ने, हुरीबतास नचल्ने र आगलागीको डर नहुने भन्दै स्थानीय खुसी भएका उनको भनाइ छ ।

    “सँधै हुरीबतास चलेर अहिले त घरको अँगेनामा आगो फुक्न पनि नसक्ने अवस्था थियो”, उनले भने, “अब बल्ल हिउँ पर्यो । आगालागीको पनि डर हट्यो । हुरीबतास चलेर धुलो उडाएर बस्न नसक्ने भएको थियो । त्यस्तो पनि नहुने भयो अनि मङ्सिरमा लगाएको गहुँखेतीले पनि पानी पाउने भयो । वनको झारलहरूले पनि पानी खान नपाएर आत्तिसकेका थिए । अब पानी खान पाउने भए”, उनले भने ।

    हिमपात भएपछि गाउँलेहरूको दिनचर्यामा पनि परिवर्तन भएको छ । अहिले सबै जना घरभित्रै आगो तापेर बसेका छन् भने करिब एक फिट हिउँ जमेको उनले बताए

    प्रकाशित मिति :माघ १४ २०८२ बुधवार - १४:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij